मंगला गाउँपालिका अध्यक्ष रोका मगरद्धारा क्याम्पसलाई आर्थिक सहयोग

बेनी ,बुधबार बैशाख २५ गते । म्याग्दीको मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका मगरले आफूले प्राप्त गरेको सेवासुविधाको रकम क्याम्पसलाई सहयोग गर्नुभएको छ ।

अध्यक्ष रोका मगरले बुधवार गाउँपालिका केन्द्र बाबियाचौरमा रहेको मंगला शिक्षा क्याम्पसलाई २ लाख रुपैयाँ हस्तान्तरण गर्नुभएको हो ।जनप्रतिनिधि भएवापत पाउने सरकारी सेवासुविधाबाट प्राप्त भएको रकम रोका मगरले शैक्षिक क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ ।

क्याम्पसका संरक्षक तथा क्याम्पसका पूर्व संचालक समितिका अध्यक्ष समेत रहनुभएका गाउँपालिका अध्यक्ष रोका मगरले समुदायद्धारा सञ्चालित उक्त क्याम्पसलाई अध्यक्ष रोका मगरले यसअघि ६ लाख रुपैयाँ सहयोग गरिसक्नुभएको छ । समुदायबाट सञ्चालित शैक्षिक संस्थामा शिक्षकको तलब र भौतिक पूर्वाधारमा सहयोग पु¥याउन आफूले उक्त रकम सहयोग गरेको अध्यक्ष रोका मगरले बताउनुभयो ।

गाउँपालिका अध्यक्षको हैसियतमा प्राप्त गर्ने रकम शैक्षिक क्षेत्रमा सहयोग गर्दै आएको छु अध्यक्ष रोका मगरले भन्नुभयो, ‘पाँचवर्षे कार्यकालमा मैले जेजति पारिश्रमिक वापतको रकम प्राप्त गर्दछु त्यो सवै शैक्षिक विकासका लागि सहयोग गर्ने छु ।’


अध्यक्ष रोका मगरले गाउँपालिकाको रकम बाट चिया समेत नखाने गर्नुभएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद गौतमले बताउनुभयो । ‘कानुनी रुपमा पाउने सेवासुविधा पनि उहाँले लिन चाहनुहुन्न ।’ अधिकृत गौतमले भन्नुभयो ।

यसै गरी स्थानीय दिपक जिसीले क्याम्पसलाई ५० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । सञ्चालक समितिका अध्यक्ष श्रीराम पौडेल, क्याम्पस प्रमुख काशिराज गौतम, पूर्व अध्यक्ष तथा सल्लाहकार चन्द्र बुढाथोकी र काठमाडौ सम्पर्क समितिका संयोजक टंकप्रसाद बुढाथोकीलाई रकम हस्तान्तरण गर्नुभएको थियो ।
विधानअनुसार अध्यक्ष रोका मगरलाई मानार्थ संरक्षक सदस्यता प्रदान गरिएको सञ्चालक समितिका अध्यक्ष पौडेलले बताउनुभयो । क्याम्पसमा ६० जना विद्यार्थी अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार