मालिकाको दरबाङमा कर शिक्षासम्बन्धी कार्यक्रम

प्रताप बानियाँ
म्याग्दी, मंगलबार बैशाख ३१ गते ।
पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारमा शनिबार करसम्बन्धी शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

मालिका गाउँपालिकाको आयोजना र उद्योग वाणिज्य संघ दरबाङ इकाइको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो ।

कर शिक्षासम्बन्धी कार्यक्रमको आन्तरिक राजश्व कार्यालय बागलुङका कर अधिकृत बुद्धिप्रसाद आचार्य, कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीका कोष नियन्त्रक चन्द्रशेखर सापकोटा र म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले सहजीकरण गरेका थिए ।

उनीहरुले देशमा सङ्घीयता कार्यान्वयनसँगै आएको नयाँ करनीति, स्थानीय तह, प्रदेश तथा केन्द्रीय करलगायत कर शिक्षासँग सम्बन्धित विभिन्न विषयहरुमा सहजीकरण गरेका थिए । कार्यक्रममा मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका र उपाध्यक्ष खरमाया बिटालुले मन्तव्य राखेका थिए ।

उद्योग वाणिज्य संघ दरबाङ इकाई अध्यक्ष गोविन सिउँथानीको अध्यक्षता र सचिव थमन सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष सन्तोष सुवेदीले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार