मालिकामा पत्रकारिता तालिम सुरु

दरवाङ ,शुक्रबार जेठ १० गते । मालिका गाउँपालिका ६ दरबाङ्गमा शुक्रबारदेखि आधारभुत पत्रकारिता तालिम सुरु भएको छ । म्याग्दी मिडिया सोसाईटीको आयोजना, नेपाल पत्रकार महासंघ म्याग्दीको समन्वय र मालिका गाउँपालिकाको आर्थिक सहयोगमा सुरु भएको तालिम दुई दिनसम्म सञ्चालन हुने जनाइएको छ ।

तालिममा मालिका गाउँपालिकाको ७ वटा वडाका ३६ जना सहभागि छन । तालिमको उद्घाटन गर्नुहुदै मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले दुर्गम क्षेत्रको समस्या र सम्भावना उजागरसंगै सामाजिक जागरण ल्याउनका लागि पत्रकारिताको भूमिका आवश्यक पर्ने बताउनुभयो ।

विकास, सुशासन, पारदर्शीता, जनसहभागिता, विकृति, बेतिथीको न्युनीकरणका लागि गाउँ गाउँमा सञ्चार माध्यमको पहुँच बढाउन आवश्यक रहेको बताउनुभयो । अध्यक्ष रोकाले मालिका, धवलागिरी र मंगला गाउँपालिकामा सञ्चार माध्यमको पहुँच बढाउन आवश्यक रहेको बताउनुभयो ।


उपाध्यक्ष खरमाया बिटालुले स्थानीय तहको गतिबिधि, समस्या र सम्भावनाको पहिचान गरि राष्ट्रियकरण गराउन तालिम प्रभावकारी हुने अपेक्षा व्यक्त गर्नुभयो । मालिका–७ बिमका वडा अध्यक्ष रेशम जुग्गालीले स्थानीय तहको कामलाई प्रभावकारी बनाउन सञ्चार माध्यमले रचनात्मक खबरदारी गर्नुपर्ने बताउनुभयो ।


नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सचिव गोरखनाथ सुवेदीले नयाँ संरचना अनुसार स्थानीय तह, वडा र बस्तीसम्म पत्रकारिता र सञ्चार माध्यमको पहुँच बढाउन अभियान थालिएको बताउनुभयो ।

म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष कमल खत्रीको अध्यक्षता, सचिव अमित विश्वकर्माको सञ्चालन र कोषाध्यक्ष ठाकुरप्रसाद आचार्यको स्वागत मन्तब्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।
स्थानीय स्तरमा पत्रकार उत्पादन गर्ने उद्देश्यले यसअघि अन्नपूर्ण, रघुगंगा, मालिका र धवलागिरी गाउँपालिकामा पनि आधारभूत पत्रकारिता तालिम सञ्चालन भएको थियो । तालिम सञ्चालन पश्चात ग्रामिण क्षेत्रका गतिबिधिहरु सञ्चार माध्यममा आउने क्रम बढेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार