मोना आइईसीको तेस्रो महाधिवेशन पर्यटकीय स्थल घोडेपानीमा

बेनी ,सोमबार बैशाख ३० गते । म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमिती (मोना आइईसी)को तेस्रो महाधिवेशन पर्यटकिय स्थल घोडेपानीमा हुने भएको छ ।


म्याग्दीको सामाजिक,आर्थिक ,भौतिक तथा विभिन्न क्षेत्रमा सहयोग पु¥याउँदै आइरहेको मोना आइईसीको आगामी अक्टोवर महिनामा हु्ने तेस्रो महाधिवेशन अन्नपुर्ण गाउँपालिका ६ पर्यटकीय स्थल घोडेपानीमा गर्ने कार्यक्रम तय भएको मोना आइईसीका अध्यक्ष चक्रबहादुर थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर पुन र स्थानिय संगको छलफलबाट होटेल व्यवसायी समितिको व्यवस्थापन सहयोगमा तेस्रो महाधिवेशन घोडेपानीमा गर्ने निर्णय भएको हो ।

म्याग्दी भ्रमण बर्षलाई लक्ष्यित गरि मयाग्दीमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन ,पर्यटकीय स्थल घोडेपानी को पर्यटन प्रवद्र्धन विकासमा टेवा पु¥याउन महाधिवेशन घोडेपानी मा गर्न लागिएको अध्यक्ष थापाले बताउनुभयो । घोडेपानी मा पर्यटन प्रवद्र्धनका कार्यहरु के के भएका छन् ,बुझ्न सहज हुने र म्याग्दीका अन्य सम्भावित पर्यटकीय स्थलको पहिचान गर्न महाधिवेशनले ठुलो भुमिका खेल्ने उहाँको भनाई छ ।

मोनाको पहिलो महाधिवेशन सदरमुकाम बेनी र दोस्रो महाधिवेशन दरबाङमा भएको थियो । अध्यक्ष थापाले महाधिवेशनलाई सभ्य एवम् भव्य रुपमा सफल बनाउन सबैलाई अनुरोध गर्नुभएको छ ।

मोनाको बार्षिक कार्यक्रम तथा योजनाको बारेमा जानकारी दिँदै अध्यक्ष थापाले मोना आइईसीको पहलमा म्याग्दी ,बागलुङ ,र पर्वतका सामुदयिक विद्यालयमा संचालित विद्युतीय पुस्ताकालयको अवस्था, संचालन र प्रभावकारीताको अनुगमन गरी नेपाल लाईबेरी फाउण्डेशनको प्राविधिक सहयोगमा बेनीमा प्राविधिक पुनर्ताजकीय तालिम संचालन गरिएको अध्यक्ष थापाले जानकारी दिनुभयो । उहाँका अनुसार म्याग्दीमा ४४ ,बागलुङमा १९ र पर्वतमा १६ वटा विद्यालयमा विद्युतीय पुस्ताकालय स्थापना गरिएको छ ।

यसैगरी स्थगित भएको निर्माणधिन मोना– लभ्ली हिल पर्यटन पदमार्गको काम आइतबार देखी सुचारु हुने जानकारी दिनुभयो । म्याग्दी उद्योग वाणिज्य संघ ,बेनी नगरपालिका र मोना कार्यसमितीका पदापधकारीको विचमा भएको त्रिपक्षिय छलफलबाट स्थगित मोना– लभ्लीहिल पर्यटन पदमार्गको निर्माण कार्यलाई आइतबार देखी सुचारु गर्ने निर्णय भएको हो ।

पदमार्ग सुचारु गर्नका लागि अधयक्ष थापा सहित मोना बेनी लभ्ली हिल कार्यदल संयोजक एवम् मोना आइईसीका उपाध्यक्ष ओम नारायण जुग्जाली मगर,बेनपा मेयर हरिकुमार श्रेष्ठ र उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यको संयुक्त टोलीले स्थलगत अनुगमन गरेको थियो ।


यसैगरी महिला तथा बालबालिकालाई सघाउने उदेश्यले स्थापना भएको अक्षयकोषको विधिवत रुपमा जिल्ला प्रशासन कार्यलय म्याग्दीमा दर्ता गरीएको छ । ‘महिला तथा बालबालिका ट्रस्ट’ नाम दिइएको अक्षकोषको खाता प्रभु बैंकको बेनी शाखाबाट संचालनमा ल्याइएको छ । अक्षयकोषको खाता नं ०९५००१०१२६७४०६०००००१ रहेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।

मोनाले सुरुवात गरेको समृद्ध म्याग्दी निर्माणका लागि प्रदेश सरकार संग सहकार्य गरी अगाडी बढ्ने निर्णय भएको बताउनुभयो । समृद्ध म्याग्दी निर्माणका लागि प्रदेश सरकारका सामाजिक विकास मन्त्री नरदेवी पुन मगरले मोनाले सुरुवात गरेको समाजिक कार्यमा प्रदेश सरकार सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । सामाजिक रुपान्तरणको लागि गुणस्तरिय शिक्षा आवश्यक रहेको बताउनुहुँदै मन्त्री पुन मगरले शिक्षा क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार