म्याग्दीका ग्रामिण भेगमा विकासले गति लिँदै

निर्मल खत्री
म्याग्दी मंगलबार बैशाख ३१ गते ।
म्याग्दीको धवलागिरी गाउँपालिका वडा ५ मल्कावाङ्ग र वडा ६ मराङ्गमा पूर्वाधार बिकास निर्माणका योजनाहरु तिव्र गतिमा अगाडि बढिरहेका छन ।


भौगोलिक रुपमा बिकट गाउँपालिकाको रुपमा रहेको यस पालिकाका सबै जस्तो वडामा आथिक वर्ष ७५।७६का योजनाहरु ७० प्रतिशत सम्पन्न भईसकेका छन । गाउँपालिकाको अनुगमन समितिले सबै वडाहरुमा संचालित योजनाहरुको अनुगमन सुरु गरेको छ ।

गाउँपालिकाको पनि बिकट बस्ती मल्कबाङ्ग र मराङ्गमा संचालित योजनाको अनुगमन गरिएको छ । मल्कावाङ्गमा संचालित दश वटा योजना र मराङ्गमा संचालित २५ वटा योजनाको आईतवार र सोमबार अनुगमन गरिएको होे । दुबै वडाका योजनाको ८० प्रतिशत काम सकिएको गाउँपालिकाका प्रवत्ता एव्म अनुगमन समितिका सदस्य झकबहादुर छन्त्याले जानकारी दिएका छन ।

प्रदेश सरकार पूर्वाधार विकास कार्यालयबाट बिनियोजित बजेटबाट मराङ्गको बेशी आरवाङ्ग भेडिखाल्ट हुदै रंघुगंगा गाउँपालिका ६ ठाडाखानीको उमेको डाडाँमा जोडेने मोटरबाटो बेशि मराङ्ग मलम्पार मोटरबाटो,बुल बिद्युत बिस्तार,मराङ्ग खोला झोलुङ्गे पुल निर्माण,बहुउद्धेशिय भवन निर्माण अर्गाला देखि बेशी पुग्ने सडकको पहाड फुटाउने काम भईरहेको छ । गाउँपालिकाको तिस लाख रुपैयाले उपभोक्ता समितिद्धारा बेशी देखि कुम्री सम्मको तिन किलोमिटर भन्दा बढी सडक निर्माण सम्पन्न भईसकेको छ ।

मराङ्गमा संघिय सरकारको सहयोगमा बिद्युत मार्फत केन्दीय प्रसारण लाईनको बिद्युत बिस्तार बेशीमा नदी नियन्त्रण खेलमैदान लगायतका निमार्णका कार्यहरु भईरहेको र धेरै जस्तो योजनाहरु सम्पन्न भएको वडा अध्यक्ष राजराम सुबेदीले बताए । गाउँपालिका प्रदेश सरकार र संघिय सरकारलाई समेत गौरवको योजनाको रुपमा हामीले धवलागिरि मालिका रंघुगंगा गाउँपालिकाको उमेको डाडासंम्मको सडकको बारेमा जानकारी गराएको छौ,अवको आर्थिक वर्षमा चक्रपथको रुपमा यसलाई अगाडि लैजान सबैबाट सहयोगको अपेक्षा भएको अध्यक्ष सुबेदीको भनाई छ ।

उत्ता छन्त्याल र दलित जातिको बसोवास रहेको मल्काबाङ्गमा पनि गाउँपालिकाको अनुदानद्धारा नै १९ लाखको सामुदायिक भवन निर्माण सुरु भएको छ ।,बिद्यालय छानो छाउने योजना दलित बस्तीमा खेल मैदान, तारजाली,भेडिखाल्टमा गत आर्थिक वर्षको योजनको भनलाई पुर्णता दिईएको छ । मलम्पारमा एक वडा सामुदायिक भवन,गाउँ घर क्लिनिक खानेपानी ग्याविन जाली लगाउने काम अन्तीम चरणमा पुगेको छ अध्यक्ष खर्क कुमारी छन्त्यालले बताएकी छन ।

भवन डिभिजन कार्यालयबाट बहुबर्षिय योजना अन्र्तगत एक वर्ष देखि निर्माणधिन मल्कावाङ्ग स्वास्थ्य चौकीको भवन रोकिएको छ, ֞खै किन हो ठेकेदारले पैसा नपाएको गुनासो गरेका छन” भवन अलपत्र अवस्थामा छ । यसलाई पुर्णता दिनको लागि सम्वधीत कार्यालय र ठेकेदारलाई लाकेता लागेका छौ,अन्य योजनाहरु उपभोक्ता समितिद्धारा सबै अन्तिम चरणमा रहेको अध्यक्ष छन्त्यालले जानकारी दिएकी छन ।

ग्रामिण भेगमा कागजिकाम मात्र गरेर योजना सम्पन्न हुने साविकका गाविसहरुमा पनि स्थानिय सरकार आएपछि आफ्नो गाउँ बनाउनको लागि काम गर्नु पर्ने रहेछ भन्ने आवस जनताले गरेको स्थानिय दलमान छन्त्यालको भनाई छ । स्थानिय स्तरमा अहिले पनि जनश्रमदान गर्ने स्थानियहरु नआईदिदन समेत योजनाहरु प्रभावित भएको उनि बताउछन पहिला जस्तो बानी लागेको परिवर्तन गर्ने निकै गाहे भएको छन्त्यालको बताउछन ।

अनुगमन टोलीमा गएका गाउँपालिकाका प्राविधिक बालकृष्णा पौडेलले योजनाहरुलाई पालिकाले पटक पटक अनुगनम गर्ने र सुझाव दिने भने पूर्वाधार निर्माणमा विकासले फड्को मार्ने बताए ।
पहिला असारमा धेरैकाम हुने त्यो पनि केही काम केही कागजीरुपमा हुने तर हाल सम्भौता भएको एक दुई महिनामा नै काम सम्पन हुने गरेको छ,मराङ्ग,ताकम मल्कावाङ्ग तिन वटा वडाको जिम्मेवारी समालेका वडा सचिव बेदु सुबेदील स्थानिय सरकारमा कर्मचारी अभावका कारणले एक ब्यत्तिले धेरै ठाउँमा पुग्नु पर्दा जनताको काममा अझै पनि समस्या हुने देखिएको बताए र

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार