म्याग्दीमा बस दुर्घटना हुँदा १६ जना घाइते,थप उपचारका लागि दुई जनालाई पोखरा पठाइयो

बेनी बुधबार बैशाख २५ गते । म्याग्दीमा बस दुर्घटना भएको छ । बुधबार साँझ बेनीबाट बेनी नगरपालिका ९ तोरीपानीका लागि छुटेको ना ५ ख नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पाँज बजे नेप्टेचौर दे्खि तल भुतादैला नजिकबाट बस करिब पाँच मिटर तल खस्दा बसमा सवार १८ जना यात्रु मध्य १६ सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक महेन्द्र प्रसाद मरासनिले जानकारी दिनुभयो । उहाँका अनुसार घाइतेहरुको बेनी अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर दुई जना घाइतेलाई थप उपचारका लागि कास्कीको मनिपाल अस्पताल पठाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार