म्याग्दी जेसीजकाे स्थापनामा लोकनृत्य प्रतियोगिता

बेनी ,विहिबारजेठ १६ गते । म्याग्दी जेसीजको २० औं स्थापना दिवसका अवसरमा बेनीमा जिल्ला स्तरीय १६ औं अन्तरमावि रनिङकप लोकनृत्य प्रतियोगिताको आयोजना गरिएको छ ।

प्रतियोगितामा १२ विद्यालय सहभागिता जनाएका छन् । लोकनृत्य प्रतियोगिताको उद्घाटन गर्दै शिक्षा विकास एवम् समन्वय ईकाईका प्रमुख दलबहादुर थापाले जेसिजले आयोजना गरेको लोकनृत्य प्रतियोगिताले विद्यालयको शिक्षासंगै अन्य अतिरिक्त क्रियाकलापलाई थप सहयोग पु¥याउने बताउनुभयो ।

जेसिजका संस्थापक अध्यक्ष रमेश श्रेष्ठ, नेपाल जेसिजका पुर्व अध्यक्ष धनज्यकुमार श्रेष्ठ र म्याग्दी उद्योग वाण्ज्यि संघका अध्यक्ष उत्तम कर्मचार्यले शुभकामना मन्तव्य गर्नुभएको थियो ।म्याग्दी जेसिजका अध्यक्ष खमबहादुर थापाको अध्यक्षता महासचिव सन्दिप खत्रीको स्वागत मन्तव्य रहेको कार्यक्तमको संचालन कार्यक्रम संयोजक दिनेशकुमार विश्वकर्माले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार