राम्चे सहित एकै दिन तीन ठाउँमा काँग्रेसको जागरण अभियान

म्याग्दी, सोमबार जेठ १३ गते । नेपाली काँग्रेस म्याग्दील राष्ट्रिय जागरण अभियानलाई तिब्रता दिएको छ । नेपाली कांग्रेसको हिमाल, पहाड, तराई, मधेश राष्ट्रिय जागरण अभियान अन्तर्गत आइतबार अन्नपूर्ण गाउँपालिकाको८ राम्चे र रघुगंगा गाउँपालिकाको वडा न १ बेगखोला र तिप्लाङमा आमभेला तथा कार्यतकर्ता भेटघाट कार्यक्र सम्पन्न भएको छ ।


राम्चेको भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेस म्याग्दीका सदस्य ओम छन्त्यालले र्वतमान सरकारले जनता माथि दमन गरेको र दुई तिहाइको दम्भ देखाएरको अरोप समेत लगाउनु भएको छ ।उहाँले अब सरकार विरुद्ध आन्दोलन गर्न सडकमा जानुपर्ने बाध्यता समेत हुन सक्ने बताउनुभयो ।


उहाँले संसदमा दर्ता भएको प्रेस काउन्सिलको विधेयकको चौतर्फी बिरोध हुदा पनी सरकार दुई तिहाइको दम्भ देखाएर अघि बढाउन खोजेको बताउनुभयो ।
संयोजक छन्त्यालले कार्यकर्तालाई सरकार विरुद्ध खबरदारी गर्दै अगाडी बढ्न र सरकारले गरेका गलत कार्यको भण्डाफोर गरि जनता सामु ल्याउन आग्रह समेत गर्नुभएको छ ।


त्यस्तै बेगखोलाको आम सभालाई सम्बोदन गर्दै नेपाली काग्रेँसका पूर्व उपसभापती नेत्र बहादुर महतले सरकार बनेको दुई बर्ष हुदा पनी अहिले सम्म जनताको हित हुने कुनै काम नगरेको बताउनुभएको छ ।


राम्चेको कार्यक्रममा नेपाल महिला संघ म्याग्दीकी अध्यक्ष बिमला गौचन, हिरा पुन, जिल्ला सदस्य मनकुमारी विश्वकर्मा, अजय मिलन श्रेष्ठले बोलेको थिए । कार्यक्रमा राच्चे इकाइ सभापती लक्ष्मण गुर्बजाको अध्यक्षतामा कार्यक्रम समापन भएको थियो ।


त्यस्तै बेगखोलाका इकाइ सभापती नेत्र बहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रमा बेनी नगरपालिका वडा न ८ का वडा सदस्य हिरा पुनले कार्यक्तको बारेमा जानकारी, खिम बहादुर फगामीको स्वागतमा गरेको कार्यक्रमको सञ्चालन पुनले गर्नुभएको थियो । त्यस्तै टोलीले तिप्लाङमा समेत आम भेला र कार्यकता भेटघाट गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार