श्रमिक दिवसका अवसरमा सञ्चारकर्मी सम्मानित

बेनी विहिबार बैशाख १९ गते ।

एकसय ३० औं अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नवविकल्पमा कार्यरत सञ्चारकर्मीहरुलाई सम्मान गरिएको छ । विगत ११ वर्ष देखि बेनीबाट निरन्तर प्रकाशित हुँदै आएको नवविकल्प साप्ताहिक समाचारपत्रले आफ्नो संस्थामा कार्यरत ३ जना सञ्चारकर्मीहरुलाई नगद सहित सम्मान गरेको हो ।

श्रमिक दिवसका अवसरमा पत्रिकाको कार्यालयमा आयोजित कार्यक्रमका विच पत्रिकाको स्थापना देखि हालसम्म कम्युटर सेटिङमा महत्वपुर्ण योगदान पु¥याउनुभएका प्रमोद शर्मा, पत्रिकालाई आम पाठकसामु पु¥याउने कार्यमा उत्कृष्ट वितरकको भुमिका निर्वाह गर्नुभएका वितरक सन्ते नेपाली र कुशल व्यवस्थापकको भूमिका निर्बाह गरेको भन्दै व्यवस्थापक सोनिया क्षेत्रलाई नगद र सम्मान–पत्रले पत्रिकाका प्रकाशक तथा सम्पादक ठाकुरप्रसाद आचार्यले सम्मान गर्नुभएको हो ।

संस्थामा क्रियाशिल सञ्चारकर्मी योगदानको उच्च मुल्याङ्कन गर्दै श्रमको सम्मान गर्ने संस्कार आफैबाट सुरु गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नविकल्पका प्रकाशक तथा सम्पादक आचार्यले बताउनुभयो । ‘हामी संचारकर्मीहरुले श्रमको सम्मान गर्ने संस्कारको विकास आफैबाट सुरु गर्नुपर्ने बताउँदै प्रकाशक आचार्यले भन्नुभयो ‘आगमी वर्ष पनि निरन्तरता दिँदै जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुलाई सम्मान गर्ने छौं ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार