इटहरीका मेयर भन्छन्, ‘नाक भाँच्‍ने काम हुन्छ-हुन्छ, पीत पत्रकारले बुझे हुन्छ’

सुनसरी,बुधबार जेठ २२ गते । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले पत्रकार विराट अनुपमलाईधम्की दिएपछि उनी निक्कै विवादमा आएका छन्। पत्रकारलाई नाकको हड्डी भाच्‍न १ करोड रुपैयाँ नै छुट्टयाएको अभिव्यक्ति दिएपछि उनी थप आलोचनाको सिकार बनेका छन्। तर मेयर चौधरीले पत्रकारिताको नाममा खोल ओढेका व्‍यक्तिहरुले आफूमाथि एक वर्षदेखि लगातार आक्रमण गरेको देश सञ्‍चारसँग गुनासो पोखेका छन्।

इटहरी उप(महानगरपालिकाका मेयर द्वारिकालाल चौधरी

खासमा पत्रकारहरु मेरो शत्रु होइनन्।तर मलाई एक वर्षदेखि पागल,बद्‌मास लगायत तथानाम गाली गलौज गरेर उनीहरुले सताइरहेका छन्। मलाई थाहा छैन किन यसरी उनीहरु ममाथि सुरुमा खनिए रु मैले धेरै सहे, सहिरहे।उनीहरु बारम्बार कलम र माइकको दुरुपयोग गरिरहे। तर जब सहनुको पनि सीमा नाघ्यो अनि मेरो आक्रोश बाहिर आयो।

हो मैले पत्रकारहरुलाई धम्की दिएकै हो। पत्रकार पनि कस्ता(कस्ता । कोही पार्टीका कार्यकर्ता जस्ता कीही व्‍यापारिक प्रयोजनले केही पैसा माग्‍ने जस्ता। कोही पैसाको लागि मात्रै तगेदा गर्ने जस्ता। कोही जानी जानी यो मेयरलाई सन्काउनु पर्छ र विवादमा ल्‍याएर बद्‍नाम गर्नुपर्छ भन्‍ने प्रवृतिका। पत्रकारहरु पनि थरीथरीका।

उनले भने, ‘पत्रकारहरु के खान्छन् हौरु जहिले उल्टो उल्टो प्रश्‍न मात्रै गर्नेरु उनीहरुको पनि आचारसंहिता होलान निरु की पत्रकार पनि थरी थरी।धेरै तस्करीसँग मिल्‍ने पत्रकारहरु जिल्लामा छन्। उनीहरुको कुरा गराइले नै म थाहा हुन्छ। नैतिकता बिर्सेर कुनै जनप्रतिनिधिलाई पागल भन्न मिल्छ रु ‘

‘कर्मचारीहरु आजदेखिको हो घुस्याहा नगरपालकालिका, गाउँपालिका, जिल्ला विकास, अञ्‍चल कहाँ कहाँ छैन। सब कर्मचारीलाई तह लगाउँछु भन्दा कर्मचारीहरुले पत्रकारको साहारा लिन्छन् र मविरुद्ध प्रश्‍नहरु गर्न लगाउँछन्। अब म भ्रष्टाचारी कर्मचारीको प्रश्‍न गर्ने पत्रकारला साथ कसरी दिन सक्छु रु त्‍यसैले त म पत्रकार होइन उनीहरुला चाटुकार भन्दै आएको छु। किनकी उनीहरु दिनभरी व्‍यापारीकहाँ र साँझमा पत्रिका, स्क्रीनमा चटकी रुपमा समाचार सम्प्रेष गर्दै आएका छन्।’

मैले त भनेकै छु नि। पीत पत्रकारिता गर्ने पत्रकारहरुको नाकको डाडी भाच्छु, भाँच्छु। मलाई फोन गरेर धम्क्याउने, कज्याउने काम उनीहरुले नगरे हुन्छ। म अहिले नेपालगञ्ज जाँदैछु। नेपालगञ्जबाट फर्किएपछि पत्रकारहरुको त्यो रबैया उपर कार्बाही चलाउँछु। के पत्रकार भगवान हो र उसले लेखेको, बोलेको सबै ठीक हुन्छ रु कलम र माइक पायो भन्दैमा मनमा जे लाग्यो, जसले पैसा दियो उसकै पक्षमा लेख्‍ने , बोल्नेरु के यही हो पत्रकारिताको धर्म रु खोइ उत्तरदायित्व उनीहरुको। कर्मारीहरुसँगै पत्रकारहरु पनि पो भ्रष्ट हुन थाले।

उनले गुनासो गर्दै भने, ‘निष्पक्ष, सत्य, तथ्य लेखोस् न।कर्मचारीले दिनदिनै सेवाग्राहीला ठगेको समाचार खै लेखेको रु एउटा थारुको छोला यत्रो विधि हेप्‍ने रु यो तरिका होरु पत्रकारको काम हो यो रु यदि यस्तो हो भने मेरो पनि नाक भाँच्‍ने काम हुनेछ। बुझे हुन्छ पीत पत्रकारले।’ देश सञ्चार

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार