एम.एन.ओ मालिका गाउपालिका तदर्थ सभा गठन

दिपक मंगोल/बेनी ,सोमबार असार २ गते। म्याग्दीमा मालिका गाउँपालिका मंगोल नेशनल अर्गनाईजेशन तदर्थ सभा गठन भएको छ। एम.एन.ओ.जिल्ला सभा म्याग्दीले आयोजना गरेको एकदिने खुला परिचयात्मक प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी तथा प्रशिक्षक मंगोल नेशनल अर्गनाईजेशन केन्द्रिय सदस्य तथा अनुशासन विभाग सदस्य लालबहादुर दर्लामी रहनु भएको थियो, बिशिष्ट अतिथी गण्डकी प्रदेश सभाका अध्यक्ष नविन गुरूङ, अतिथीहरू गण्डकी प्रदेश सदस्यहरू रणबहादुर फगामी र कुशल रोका मगर रहनुभएको थियो।

मालिका गाउँपालिका केन्द्र दरवाङमा भएको उक्त कार्यक्रममा तेजिन्द्र जुग्जाली मगरको अध्यक्षतामा १३ सदस्यीय मालिका गाउँपालिका तदर्थ सभा समेत गठन भएको थियो।
यसैगरी सचिवमा भबिन्द्र फगामी मगर, कोषाध्यक्षमा राजमोहन फगामी मगर, सहसचिवमा खममाया बुढा मगर र सदस्यहरू मनसरा बुढाथोकी, रेणुका घर्ती मगर, धनबहादुर किसान,दिलबहादुर विक,तुलसी घर्ती मगर,कुलबहादुर फगामी मगर, मिना फगामी मगर, प्रेमबहादुर पुन मगर, बिजय राम्जाली मगर रहनुभएको छ। नवनिर्वाचित पदाधिकारीहरूलाई प्रदेश अध्यक्ष गुरुङले सपथ ग्रहण गराउनुभएको थियो।

जिल्ला सभा अध्यक्ष चित्र जुग्जालीको अध्यक्षता,जिल्ला सदस्य डिके पुनको स्वागत मन्तव्य र जिल्ला सचिव ओमविकास पुन मगरको स.चालनमा कार्यक्रम समापन भएको थियो ।

गण्डकी प्रदेश अध्यक्ष गुरूङले मन्तव्य व्यक्त गर्नु भएको थियो । त्यसै गरी जेष्ठ ३१ गते मालिका गाउँपालिका ५ देविस्थानमा समेत प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार