काँग्रेसको जागरण अभियान सम्पन्न,केन्द्रको गुटउपगुटले कार्यकर्ता अन्योलमा

म्याग्दी,आइतबार जेठ २६ गते । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको पहिलो चरणको एक महिने हिमाल, पहाड, तराई–मधेश राष्ट्रिय जागरण अभियान देशैभर सम्पन्न भएको छ । वैशाख २५ गतेदेखि शुरु भएको पहिलो चरणको अभियान अन्तर्गत नेपाली काँग्रेस म्याग्दीले पनि सबै स्थानीय तहको वडामा पुगेर अभियानलाई सफल रुपमा सम्पन्न गरेको दावि गरेको छ ।

आज बेनीको संगमचोकको काँग्रेसको पार्टी कार्यालयको सभाहलमा भएको समापनमा कार्यक्रममा आफ्नो प्रतिवेदन बुझाउदै गाउँ गाउँका जनताको घरघरमा पुगेका संयोजकहरुले जागरण अभियानले काँगेस जगरीलो बनेका, अहिलेको दुई तिहाइ सरकारको गलत कामको बारेमा सबैलाइृ जानकारी गराइएको जनाएको छ ।

दुई तिहाईको सरकारबाट जनता आजित भएको पाइएको र काँग्रेस नै जनताको पार्टी भएको तथा जनताको साथमा काँग्रेस भए मात्र देशले फड्को मार्ने जस्ता प्रतिक्रिया गाउँका जनताले दिएको बताएका छन् । उनीहरुले चुनावको बेलामा मात्र घरघरमा आएको काँग्रेस चुनाव भएको दुई बर्ष पछी मात्र गाउँ गाउँ आउन ठिला गरेका समेत गुनासा गरेको संयोजकहरुले बताएका छन् ।

जागरण अभियानको समापन कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य शुक्रराज शर्माले काँग्रेसको जागरण अभियानले काँग्रेसको कार्यकर्तामा उत्साह आएको बताउनुभयो। एक महिनाको यो समयमा काँग्रेस आफ्नो कार्यकर्ताको दुःख सुख बुझ्नका लागी घरघरमा पुगेको र सरकारले गरेका गलत कामले बारेमा जानकारी दिनको लागी यो अभियानको महत्वपूर्ण भुमिका खेलेको बाताउनुभयो ।

साथै अभियानको प्रतिवेदन बुझाउँदै अधिकांश संयोजकहरुले कार्यकर्ता नेकपाका विकल्प खोजिरहेको भए पनि कांगे्रसको केन्द्र तहमा देखीएको गुटउपगुटका कारण अन्यौलमा परेको बताउनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका सभापती खम बहादुर गुर्बजा खम्बीरले जागरण अभियानले अब आउने चुनावमा काँग्रेस पहिलो पार्टी बनाउनेमा सहयोग पुग्ने बताउनुभयो । उहाँले जनताको घरघरमा पुगेर संकलन गरेको सुझाव र गुनासोहरुको आधारमा पार्टी सुुधार गरि अघि बढ्ने बताउनुभयो । उहाँले अब देखी नेपाली काँग्रेसले हरेक तीन महिनामा एक पटक गाउँ अभियान सञ्चालन गर्ने बाताउनुभयो ।


कार्यक्रम सभापती गर्बुजाको अध्यक्षता र सचिब क्या मिन बहादुर कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो । ५ जना कार्यक्रममा बिभिन्न पार्टीबाट काँग्रेस प्रवेश गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार