कांग्रेसको राष्ट्रिय जागरण बिममा,तरुणदल वडा इकाइ अध्यक्षमा जुग्जाली

बेनी ,शुक्रबार जेठ २४ गते । नेपाली कांग्रेसको राष्ट्रिय जागरण बिममा सम्पन्न भएको छ । कांग्रेसको हिमाल हाड तराई मद्येश राष्ट्रिय जागरण अभियान अन्तर्गत शुक्रबार मालिका गाउँपालिकाको बिममा कार्यक्रम सम्पन्न भएको हो ।


जागरण अभियान कार्यक्रम संयोजक खिम बहादुर पुर्जाले बर्तमानको दुई तिहाईको सरकारले जनता र देश माथि अदृश्य रुपमा गरेको घाटक क्रियाकलापको भण्डाफोर गर्न जागरण अभियान संचालन गरेको बताउनुभयो ।

उहाँले सरकारले केही राम्रा काम भए पनि त्यो भन्दा बढी जनतालाई विभिन्न बाहनामा दुख दिने काम गरेको आरोप लगाउनुभयो । चुनाव अघि जनता सामु गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्नुको साटो झुटा आश्वासन बाड्न उद्धत रहेको उद्धघोष गर्नुभयो । सरकार काण्डैकाण्ड फसेकाले नेकपाको दुई तिहाईको सरकारले देश र जनतालाई निकास दिन नसक्ने पुर्जाको भनाई छ ।
सरकारले प्रेस स्वतन्त्रतालाई प्रतिबन्ध लगाई आम जनताको आवाजको घाँटी निमोठ्ने काम भएको बताउनुहुँदै उहाँले सरकारको गलत क्रियाकलापको बारेमा खुलेर प्रतिकार गर्नुपर्नेमा जोड दिनुभयो ।

सरकारले अपराध,भ्रष्टाचार,हत्या, हिंसा बलात्कार जस्ता गम्भीर विषयलाई बढवा दिएको आरोप लगाउनुभयो । यसैगरी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले जागरण अभियानले कार्यकर्ताको वास्तविक दुख र गुनासो सुन्ने मौका मिलेको बताउनुभयो ।

कार्यक्रम सहसंयोजक एवम् नेपाल तरुणदल जिल्ला कार्यसमिति मयाग्दीका उपाध्यक्ष समेत रहनुभएका अध्यक्ष रोका मगरले सरकारको गलत कामकारबाहीको बारेमा जनता सामु ल्याउन र गलत बाटोमा हिड्न लागेको दुई तिहाईको सरकारलाई सहि बाटोमा ल्याउन पनि जागरण अभियानले सहयोग गर्ने उद्ध्घोष गर्नुभयो ।

पुर्व प्रधानपञ्च कद बहादुर जुग्जालीको सभापतित्व वडा इकाई उपसभापति लककुुमार पुनको संचालनमा कार्यक्रम समापन भएको छ ।

यसैगरी कार्यक्रममा नेपाल तरुणदल वडा इकाई कार्यसमिति गठन भएको छ । कार्यसमितिको अध्यक्षमा भविन जुग्जाली,उपाध्यक्षमा प्रेम बिक,सचिवमा सुरेन्द्र जुग्जाली कोषध्यक्षमा कुमार गर्बुजा लगायतको नयाँ समिती गठन गरिएको नेपाल तरुणदल म्याग्दीका सचिव नगेन्द्र मल्लले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला कार्यसमिती सदस्य मेक बहादुर पुन ,तरुण दल मालिका गाउँपालिकाका अध्यक्ष राजु जुग्जाली मगर लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार