गाउँपालिकाद्धारा पत्रकार गौतम सहित जनप्रतिनिधि र कृषक पुरस्कृत

सामाजिक संघ संस्थालाई सम्मान

मुना बुधबार असार ११ गते । म्याग्दीको धवलागिरी गाउँपालिकाले विभिन्न माध्यमबाट पालिकाको विकासमा योगदान गर्ने व्यक्तित्वहरुलाई पुरस्कृत एवं संघ संस्थाहरुलाई सम्मान गरेको छ । मुनामा मंगलबार भएको छैटौ गाउँसभामा चार जना वडा अध्यक्ष, दुई जना कृषक, एक जना पत्रकारलाई पुरस्कार तथा चार वटा गैरसरकारी संस्थाहरुलाई सम्मान गरिएको हो ।

समयमै योजनाको प्रभावकारी तथा गुणस्तरीय हिसाबले कार्यान्वयनमा योगदान गरेकोमा वडा न. ६ मराङका वडा अध्यक्ष राजाराम शर्मा, सबै भन्दा बढी राजस्व संकलन गर्ने वडा न. ७ ताकमका वडा अध्यक्ष कलानिधी शर्मा, बालबिवाह न्युनीकरणमा सक्रिय भूमिका निभाएकोमा वडा न. ३ मुनाका वडा अध्यक्ष पूर्म पुन र गाउँको सरसफाईमा योगदान गरेकोमा वडा . १ गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्याललाई सम्मान गरिएको थियो ।

यसैगरी फलफुल र नर्सरी तर्फ हिलापोखरीका समबहादुर थापा र पशुपालनतर्फ गुर्जाका रेशम छन्त्याल पुरस्कृत हुनुभएको छ । पत्रकारिताको माध्यमबाट गाउँपालिकाको विकास गतिबिधि, समस्या र सम्भावनाको उजागर, पारदर्शीता र शुसासन प्रर्वद्धनमा योगदान गरेकोमा पत्रकार सन्तोष गौतमलाई पनि पुरस्कृत गरेको छ ।

विगत १२ वर्षदेखि म्याग्दीमा कार्यरत गौतम नेपाल पत्रकार महासंघका प्रदेश सदस्य हुन भने अन्नपूर्ण पोष्ट, सगरमाथा टिभी, धौलागिरि टिभी, म्याग्दीकाली एफ एमका सम्बाददाता तथा बेनीबाट प्रकाशन हुने रिखार दैनिकका प्रकाशक हुनुहुन्छ ।

अध्यक्ष थमसरा पुन र उपाध्यक्ष रेशम छन्त्यालले पुरस्कृत व्यक्तित्वहरुलाई नगद पाँच÷पाँच हजार रुपैयाँ र प्रशंसापत्र वितरण गर्नुभएको थियो । यसैगरी गाउँपालिकाको विकास र सामाजिक क्षेत्रमा सघाउ पु¥याउने गुड नेवर्स इन्टरनेशनल नेपाल, कदम, संगम र मिलन म्याग्दीलाई सम्मान गरिएको छ ।

सकारात्मक कार्य गर्नेलाई प्रोत्साहन गर्ने नीति अनुसार पुरस्कार र सम्मान गरिएको अध्यक्ष पुनले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत गोविन्द सुनारले पुरस्कार वितरण समारोहको सहजिकरण गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार