जागरण अभियान दरबाङमा, विभिन्न पार्टी त्याग गरी कांग्रेसमा प्रवेश

बेनी बुधबार जेठ २२ गते । नेपाली कांग्रेस म्याग्दीको राष्ट्रिय जागरण अभियान मालिका गाउँपालिका ६ दरबाङमा सम्पन्न भएको छ । नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान कार्यक्रमलाई तिब्र रुपमा सात प्रदेशका सबै जिल्लाका शहर र गाउँगा केन्द्रीत बनाएको छ । गाउँ जागरण अभियानको क्रममा नेपाली कांग्रेस म्याग्दीले बुधबार दरबाङमा जागरण अभियानको आयोजना गरेको हो ।

जागरण अभियान कार्यक्रम संयोजक तमबहादुर थापाले अहिलेको दुई तिहाईको सरकारले जनता र देश माथि अदृश्य रुपमा गरेको घाटक क्रियाकलापको भण्डाफोर गर्न जागरण अभियान संचालन गरेको बताउनुभयो ।

उहाँले सरकारले केही राम्रा काम भए पनि त्यो भन्दा बढी जनतालाई विभिन्न बाहनामा दुख दिने काम गरेको आरोप लगाउनुभयो । चुनाव अघि जनता सामु गरेका प्रतिबद्धतालाई कार्यान्वयन गर्नुको साटो झुटा आश्वासन बाड्न उद्धत रहेको उद्धघोष गर्नुभयो । सरकार काण्डैकाण्ड फसेकाले नेकपाको दुई तिहाईको सरकारले देश र जनतालाई निकास दिन नसक्ने उहाँको भनाई छ ।

सरकारले प्रेस स्वतन्त्रतालाई प्रतिबन्ध लगाई आम जनताको आवाजको घाँटी निमोठ्ने काम भएको बताउनुहुँदै उहाँले सरकारको गलत क्रियाकलापको बारेमा खुलेर प्रतिकार गर्नुपर्नेमा जोड दिनुभयो ।सरकारले अपराध,भ्रष्टाचार,हत्या, हिंसा बलात्कार जस्ता गम्भीर विषयलाई बढवा दिएको आरोप लगाउनुभयो ।

यसैगरी गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले जागरण अभियानले कार्यकर्ताको वास्तविक दुख र गुनासो सुन्ने मौका मिलेको बताउनुभयो । नेपाल तरुणदल जिल्ला कार्यसमिति मयाग्दीका उपाध्यक्ष समेत रहनुभएका अध्यक्ष रोका मगरले सरकारको गलत कामकारबाहीको बारेमा जनता सामु ल्याउन र गलत बाटोमा हिड्न लागेको दुई तिहाईको सरकारलाई सहि बाटोमा ल्याउन पनि जागरण अभियानले सहयोग गर्ने उद्ध्घोष गर्नुभयो ।

यसैगरी कार्यक्रममा अभियानका सहसंयोजक खिम बहादुर पुर्जा, नेपाल महिला संघकी जिल्ला कार्यसति अध्यक्ष बिमला गौचन,जिल्ला सदस्य हिरा बहादुर पुन ,मेक बहादुर पुन र सुनमाया गुरुङ लगायतले सरकारको गलत क्रियाकलापको बारेमा सबै एकजुत हुनुपर्नेमा जोड दिनुभयो ।
वडा इकाई सभापती शिबनारायण फगामीको सभापतित्व राष्ट्रिय दलि संघ जिल्ला कार्यसमिती म्याग्दीका सहसचिव सन्दीप विकको संचालनमा कार्यक्रम समापन भएको थियो ।


कार्यक्रममा नेपाल शिक्षक संघ जिल्ला कार्यसमिती म्याग्दीका उपाध्यक्ष नगेन्द्र बहादुर खत्री,नेपाल मगर संघ गण्डकी प्रदेश सदस्य अनिल रोका मगर, नेपाल तरुणदल जिल्ला कार्यसमिती म्याग्दीका सचिव नगेन्द्र मल्ल,तरुण दल मालिका गाउँपालिकाका अध्यक्ष राजु जुग्जाली मगर,नेपाल विद्यार्थी संघ दरबाङ इकाई अध्यक्ष अजित किसान ,बेनपा ८ सदस्य भिमकुमारी विक लगायतको उपस्थिती रहेको थियो ।
साथै कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ठुलो संख्यामा नेता तथा कार्यकताहरु कांग्रेसमा प्रवेश गरेको जागरण अभियान संयोजक थापाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार