तातोपानी कुण्डलाई आर्थिक सहयोग

बेनी ,शुक्रबार जेठ २४ गते ।यहाँका एक परिवारले म्याग्दीको बेनी नगरपालिका -४ सिंगामा रहेको तातोपानी कुण्डलाई आर्थिक सहयोग गर्नुभएको छ । जिल्लाको मालिका गाउँपालिका ४ च्युरिबोट घर भई हाल काठमाण्डौ बस्दै आउनुभएका स्वर्गिय बलमान पुन मगरका धर्मपत्नी दिलमाया पुन मगरले एक लाख ५ हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।


स्वर्गिय श्रीमान पुन मगरले प्रबिद्धता जनाए अनुसार धर्म पत्नी दिलमाया ,कान्छा छोरा उपेन्दू र नातिनि समिक्षाले तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान श्रेष्ठ र समितिका पदाधिकारीहरुलाई आर्थिक सहयोग हस्तान्त्रण गर्नुभएको हो ।

टप वाथ (विशिष्ट स्नान कक्ष) निर्माणका लागि सो आर्थिक सहयोग गरिएको सहयोगदाता स्वर्गिय पुन मगरका कान्छा छोरा पुनले जानकारी दिनुभयो । सहयोगदाता स्वर्गिय पुन म्याग्दीबाट निर्वाचित पुर्व राष्ट्रिय पञ्चायत सदस्य हुनुहुन्छ । स्वर्गिय पुन मगर स्वर्गारोहन हुनु अघि तातोपानी कुण्डमा स्नान गर्न जानुभएको समयमा तातोपानी व्यवस्थापन समितिलाई सुविधा सम्पन्न विशिष्ट कक्ष निर्माण गरिदिने बचन दिनुभएको थियो ।

आर्थिक सहयोग प्राप्त संगै तातोपानीमा विशिष्ट स्नान कक्ष निर्माण गरिएको सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्रमान शाक्यले जानकारी दिनुभयो । उहाँले सहयोगदाता प्रति धन्यवाद तथा आभार प्रकट गर्नुभयो । व्यवस्थापन समितिले सहयोगदाता पुनको परिवारलाई खादा,सम्मान पत्र र मायाको चिनोले सम्मान गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार