दरबाङमा योग सभाहल निर्माण

म्याग्दी ,शनिबार असार ७ गते । जिल्लाको मालिका गाउँपालिका– ६ दरबाङमा योग सभाहल निर्माण भएको छ ।वडा कार्यालयको सिफारिसमा गाउँपालिकाको आर्थिक सहयोग र स्थानीयबासीको श्रमदान तथा चन्दा सहयोगमा सभाहल निर्माण भएको वडा अध्यक्ष सन्तोष सुवेदीले जानकारी दिनुभयो ।

। शुक्रबार भवनको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले स्वस्थ्य जिवन र स्वस्थ समाज निर्माणका लागि योगको आवश्यकता रहेको बताउनुभयो । भवन निर्माणका लागि ब्यवसायी तथा योग अभियानका अगुवा सुरेन्द्रराज शर्माले तीन आना जग्गा निशूल्क उपलब्ध गराउनुभएको थियो ।

३५ जना क्षमताको भएको सभाहल निर्माणका लागि वडा कार्यालयको सिफारिसमा गाउँपालिकाले ६ लाख रुपैयाँ बजेट उपलब्ध गराएको थियो भने योग साधक, स्थानीयबासीहरुले थप पाँच लाख ९५ हजार रुपैयाँ बराबरको श्रमदान तथा नगद सहयोग गरेको वडा अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।
खड्ग छन्त्यालको अध्यक्षता, रेशम रसाइलीको सञ्चालनमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष सन्तोष सुवेदी, नबिन आनन्द योग केन्द्रका अध्यक्ष नविन जुग्जाली, जग्गादाता सुरेन्द्रराज शर्मा, योग गुरु शिवराज घिमीरे, कमला सुवेदी र कौप्रसाद बुढाले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार