‘देशको हरेक परिवर्तनमा मगर जातीको मुख्य भुमिका छ’ ःनेता शर्मा

बेनी,आइतबार जेठ २६ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शुक्रराज शर्माले देशको हरेक परिवर्तनमा मगर जातीको मुखय भुमिका भएको बताउनुभएको छ । राष्ट्रिय मगर संघ म्याग्दीको प्रथम अधिवेशनलाई सम्बोधन गर्नुहुँदै नेता शर्माले देशको विभिन्न कालखण्डमा मगरहरुले महत्वपुर्ण योगदान रहेकोे बताउनुभयो । देशमा राना शासन ,राजतन्त्र ,पञ्च्यायत फाल्ने देखी लिएर दश बर्षे जनयुद्ध सम्म मगरको समुदायको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो ।

‘देशको इतिहास देखी क्रुर राना शासन ,राजतन्त्रत अन्त्य माओवादीले थालेको दश बर्षे जनयुद्धमा तथा गनतन्त्र स्थापना सम्म मगरको मुख्य भुमिका रहेको छ ।, नेता शर्माले भन्नुभयो ।, मगर जातीलाई देशका शासकहरुले माथी सत्तामा चढ््नका लागि मात्र भ¥याङको रुपमा प्रयोग गरिरहेका छन् ,यसको अन्त्य हुनुपर्छ ।’

मगर देशमा तेस्रो जनसंख्या भए पनि राज्यको हरेक निकायमा प्रतिनित्व संख्यामा भने अन्त्यन्त न्युन रहेको उहाँले बताउनुभयो । कला ,संस्कृती तथा भेष ,भुषा मगर जातीको मात्र नभई सिंगो देशको गहना भएकाले संरक्षण तथा प्रवद्र्धनका लागि नेपाली कागे्रसले पहल तथा जोड दिएको बताउनुभयो ।

मगर आफै जागरुप नभए सम्म आफ्नो अधिकार प्राप्त गर्ने सम्भावना नरहेको बताउनुभयो । साथै संविधानमा जनजाती,दलित तथा महिला आरक्षण दिलाउनमा कांग्रेसका मुख्य भुमिका रहेको उहाँको भनाई छ ।


कार्यक्रममा नेपाली कांग्रेस बागलुङका सभापति दिपेन्द्र थापा मगर,नेपाली कांग्रेस म्याग्दीका निवर्तमान सभापती एवम् पुर्व संविधान सभा सदस्य रेशम बहादुर बानियाँ ,नेपाली कांग्रेस म्याग्दीका सभापति खम बहादुर गर्बुजा खम्बीर ,नेपाली कांग्रेस म्याग्दीका प्रवत्ता अजय मिलन श्रेष्ठले मगर जातीत्वको हिसावमा देशको तेस्रो ठुलो जनसंख्या भएको बताउनुभएको छ ।

उहाँहरुले देशमा मगर जातीको स्रंख्या ठुलो भए पनि राज्यको प्रशासनिक,राजनितीक तथा विभिन्न निकायमा भने प्रतिनिधित्व अत्यन्त न्युन रहेको बताउनुभयो । ‘अव हरेक अभिभावकले आफ्ना सन्तानलाई देशमा नै टिकाउने वातावरण तय गर्नुपर्छ । घर घरमा शिक्षाको ज्ञान संगै उनिहरुको दिमागमा राजनितिक चेतना हुन जरुरी छ ,उहाँहरुले भन्नुभयो ।’

यसैगरी बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, बागलुङको गलकोट नगरपालिकाका उपमेयर रेनुका काउचा मगर,मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगर,अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डम बहादुर पुन मगरले म्याग्दी मगर जातीको बाहुल्यता भएता पनि देशमा एकल जातिय शासन व्यवस्थाले गर्दा मगर जातीको कला, भाषा, संस्कृती लोपान्मुख अवस्थामा रहेको बताउनुभयो । उहाँहरुले म्याग्दीमा मगर जातीको कला ,संस्र्कती,भाषा संरक्षण तथा प्रवद्र्धनका लागि स्थानीय तहले विभिन्न कार्यक्रम सहित आर्थिक रुपमा सहयोग गरिने बताउनुभयो ।

कार्यक्रममा उपसभापती माधव प्रसाद रेग्मी,बरिष्ठ नेता नेत्रबहादुर महत क्षेत्री ,नेपाल महिला संघ म्याग्दीका अध्यक्ष विमला गौचन , तमानखोला बागलुङका अध्यक्ष जोकलाल बुढा,रघुगंगा गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजा ,जलजला गाउँपालिका पर्वतका सिमा गर्बुजा, लगायतको उपस्थीती रहेको थियो ।

तदर्थ समिती संयोजक जितेन्द्र पुनको अध्यक्षता,जिल्ला समन्वय समितिका सदस्य खिमकुमारी पुर्जाको सञ्चालन तथा जिल्ला सांस्कृतीक संघकी अध्यक्ष धनकुमारी थापा मगकरको स्वागत मन्तव्यमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो । उद्घाटन कार्यक्रम संगै बन्द सत्र र प्रशिक्षण संगै जिल्ला अधिवेशन समापन हुने कार्यक्रम संयोजक एवम् ४ नं प्रदेश सदस्य बोम बहादुर चोचाङ्गी मगरले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार