पर्यटकीय स्थल गाईखर्क ताल जाने सडक निर्माण

बेनी,सोमबार जेठ २० गते । पछिल्लो समय पर्यटकीय स्थलको रुपमा विकास भएको म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थानमा रहेको पर्यटीय स्थल गाईखर्क ताल जाने सडक निर्माण भएको छ ।

वडा कार्यालयको सिफारिसमा गाउँपालिकाबाट विनियोजित दुई लाख रुपैयाँ र स्थानीय बासिको ५० हजार बराबरको श्रमदानमा सडक निर्माण गरिएको उपभोत्ता समितिका अध्यक्ष रविन्द्र राना मगरले जानकारी दिनुभयो ।
उहाँका देविस्थानको हाँस खोलादेखी गाईखर्क सम्मका लागि सात सय ५० मिटर सडक निर्माण गरिएको छ ।

पछिल्लो समय पर्यटकीय स्थलको रुपमा विकास हुँदै गएको तालमा पर्यटन प्रवद्र्धन गर्न सडक संजालले जोड्न मोटरबाटो निर्माण गरिएको वडा अध्यक्ष पिपला बुढाथोकी मगरले बताउनुभयो ।
तालमा घुम्न आउने पर्यटकलाई लक्षित गरि वडा कार्यालयबाट बजेट विनियोजन गरि मन्दीर निर्माण कार्य सुरु भएको वडा अध्यक्ष बुढाथोकी मगरले जानकारी दिनुुभयो ।


गाउँपालिका भित्र रहेका पर्यटकीय स्थलहरुमा पर्यटकको सेवा सुविधा लगायत अन्य आवश्यक भौतिक पुर्वाधार निर्माणमा गाउँपालिकाले विशेष जोड दिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले जानकारी दिनुभयो ।

उहाँले गाउँपालिका भित्र रहेका हरेक पर्यटकिय स्थलहरुको पर्यटन प्रवद्धन गर्न गाउँपालिकाले ठुलो आर्थिक लगानि गरेको बताउनुभयो । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरि प्रदेश सरकारको आर्थिक सहयोगमा दुई वटा होमस्टे संचालनमा ल्याइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार