प्रसिद्ध धार्मिक स्थल मालिका मन्दीरमा पुर्वाधार निर्माण

बेनी,शुक्रबार जेठ २४ गते । म्याग्दीको प्रसिद्ध धार्मिक एवम् पर्यटकिय स्थल मालिका मन्दीरमा पुर्वाधार निर्मााण गरिएको छ ।

मालिका गाउँपालिकाको वडा नं ६ ,७ र रघ्ुगंगा गाउँपालिकाको वडा नं ६को सिमानामा रहेको मालिका धुरीमा पुजा गर्न आउने श्रद्धालु भक्तजनलाई लक्षित गरि गाउँपालिकाको आर्थिक सहयोगमा पुर्वाधार निर्मााण गरिएको हो ।

मालिका गाउँपालिकाको १४ लाख ४० हजार रुपैयाँ आर्थिक सहयोग र स्थानिय उपभोत्ता समितिको १ लाख ५९ हजार एक सय २४ रुपयाँ गरी १५ लाख ९९ हजार एक सय २४ रुपैयाँ लागत आयोजना निर्माण गरिएको उपभोत्ता समितीका अध्यक्ष छकप्रसाद पाइजाले जानकारी दिनुभयो ।

उहाँका अनुसार मालिका परिसरमा रेलिङ सहित सिढि ,सतल तथा पक्की पर्खाल सहितको घेराबार गरिएको छ । आयोजना निर्माण संगै देश भरिका श्रद्धालु भक्तजन प्रत्यक्ष रुपमा लाभान्वीत हुनेछन् । ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल मालिकामा पुजाआजा गर्न आउने भक्तजन तथा पर्यटकलाई लक्षित गरि पुर्वाधार निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगरले बताउनुभयो । उहाँले मालिका गाउँपालिकाको मात्र नभई जिल्लाकै ऐतिहासिक धार्मिक एवम् पर्यटकीय स्थल भएको बताउनुभयो ।


मालिकामा सुविधा सम्पन्न पुर्वाधार निर्माण नहुँदा पुजा गर्न आउने श्रद्धालु तथा भक्तजनहरुले सास्ती व्यहोर्नु परेकाले मालिकामा पुर्वाधार निर्माणमा जोड दिएको अध्यक्ष रोका मगरले जानकारी दिनुभयो ।साथै मालिकामा पुजाआजा एवम् घुम्न जाने श्रद्धालु,भक्तजन तथा पर्यटकलाई लक्षित गरि वडा नं ७ र वडा नं ६ बाट सडक निर्माण सुरु भएको अध्यक्ष रोका मगरको भनाई छ ।

मालिकामा बिशेष गरी चन्डी पुर्णीमा ,जेष्ठ पुर्णिमा र भाईटिका र बाला चर्तुदशिमा पुजाआजा सहित मेला लाग्ने गर्दछ । मालिकाको पुजाआजा ,दर्शन र भाकल गरेमा मनोकाङक्षा पुरा हुने जनविश्वास रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार