बेनपा विवाद : नेकपाको विज्ञप्तिमा काँग्रेसको आपत्ती,आपसी विवादमा राजनितिक रंग दिन खोजियो

म्याग्दी, बुधबार असार ११ गते । बेनी नगरपालिकाका जनप्रतिनिधीको विवादलाई लिएर असार १० गते नेकपाले निकालेको विज्ञप्तिमा नेपाली काँग्रेस म्याग्दीले आपत्ती जनाएको छ । विगत एक महिना देखीको जनप्रतिनिधीको आपसी विवादलाई लिएर नेकपाले निकालेको विज्ञप्तीमा आपत्ती जनाउँदै कांग्रेस म्याग्दीले पनि वुधबार प्रेस विज्ञप्ति जारी गरेको छ ।

विज्ञप्तीमा काँगेसले बेनी नगरपालिकाको विवाद समाधानको लागी पहल गर्ने गरि नागरिक समाजले गरेको नागरिक संवाद कार्यक्रममा कांग्रेस गत जेठ ३ गतेको नगरपालिकाको बैठकको निर्णयलाई शुन्य रुपमा रुपान्तरण गर्ने गरि समझदारी गररिहँदा भने नेकपाका अध्यक्षबाट असमझदारी बढाउने गरि आएको प्रेस विज्ञप्ति माथी काँग्रेसको आपत्ती रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाली कांग्रेसले सँधै एक आपसको एकता, मेलमिलाप र समझदारीको पक्षमा पहल गर्दै आइरहेको बताइएको छ । कांग्रेसले जनप्रतिनिधीको विवादलाई आपसी सहमतिमा सुल्झाई नेकपा संगको सहकार्यमा बेनी नगरपालिकामा निति, कार्यक्रम तथा बजेट ल्याउन प्रयत्न गरिरहँदा नेकपाले एक लौटी रुपमा मेयरलाई दोष दिएर विज्ञप्ती जारी गर्नु लज्जास्पद भएको विज्ञप्तीमा भनिएको छ ।

आन्तरिक विवादलाई लिएर मेयरलाई मात्र दोष देखाई विज्ञप्ती जारी गरेर नेकपाले नगरपालिकामा राजनितिक रंग दल्न खोजिएको बताइएको छ ।
नेकपाले निकालेको उक्त विज्ञप्तिले नगरपालिका सदस्यहरु प्रचलित ऐन,नीती र विधिमा होईन पार्टीको प्रत्यक्ष निर्देशनमा काम गरेको कुरा पुष्टी गरेको कांग्रेसले जनाएको छ । काँग्रेस जनताको पार्टी भएकाले आफ्नो प्रतिनिधिलाई पार्टीगत निर्देशनमा भन्दा पनी आम नगरबासीको हित र स्वार्थमा काम गर्न निर्देशन समेत दिएको छ ।

काग्रेसलाई दोष दिँदै विज्ञप्ति निकाल्नु गैर जिम्मेवार समेत भएको जनाएको छ । नगरपालिकाका जनप्रतिनिधि विचको विवाद आन्तरिक विषय भएकाले वार्ता ,छलफल तथा सबैले समन्वयकारी भुमीका निर्वाह गरी सुल्झाउनुपर्नेमा जोड दिइएको छ ।
बहुमतको दम्भ देखाउँदै नगरपालिकामा आफु खुशी निर्णय गर्ने, अनी आफु पानी माथिको ओभानो बन्न काँग्रेस माथि दोष थोपार्नु आफैँमा लज्जाको विषय भएको उपसभापति माधव प्रसाद रेग्मीको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार