भवन निर्माणका लागि पुर्जाद्धारा आर्थिक सहयोग

दलप्रसाद तिलिजा / बेग, बुधबार जेठ २९ गते ।
म्याग्दीको रघुगंगा गाउँपालिका १ बेगको गाउँ खोला टोल समितिको भवन निर्माणका लागि आर्थिक सहयोग प्राप्त भएको छ । साविक वडा नं ५ पाँचको ठुलो गाउँमा निमाणाधिन भवनलाई सोहि वडाका शिवनाथ पुर्जाले आर्थिक सहयोग गर्नुभएको हो ।

पुर्जाले टोल समितिकी सदस्य लक्ष्मी फगामी मार्फत टोल सुधार समितिका अध्यक्ष उदबहादुर पुर्जा मगरलाई ३१ हजार १ सय १५ रुपैयाँ सहयोग उपलब्ध गराउनुभएको हो ।
गाउँमा हुने बैठक ,भेला तथा विभिन्न सामाजिक कार्यका लागि भवन अभाव भएकाले भवन निर्माणका लागि सहयोग गरिएको सहयोगदाता पुर्जाले जानकारी दिनुभयो ।

सहयोगदाता पुर्जालाई धन्यवाद दिनुहुँदै टोल सुधार समितिका अध्यक्ष पुर्जाले भवन निर्माण संगै टोल समितिको बैठक ,भेला तथा सामाजिक कार्यका लागि प्रयोगमा ल्याइने बताउनुभयो । वडा कार्यालयको सिफारिसमा गाउँपालिकाको तीन लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग,स्थानीय टोल बासीको आर्थिक सहयोग तथा श्रमदानमा एक तले पक्की भवन निर्माण हुन लागेको अध्यक्ष पुर्जाले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार