मंगलामा प्रहरीको बिद्यालय सम्पर्क कार्यक्रम

बेनी,बिहिबार असार १२ गते । जिल्ला प्रहरी कार्यालय म्याग्दीले विद्यालय सम्पर्क कार्यक्रमलाई तिब्रता दिएको छ । यसैगरी मंगला गाउँपालिकाको केन्द्र बाबियाचौरमा रहेको मंगला माध्यामिक विद्यालयका विद्यार्थीहरुलाई बालबालिका माथि हुने हिंसा न्युनिकरण तथा कानुनी प्रावधानका बारेमा प्रशिक्षण गराइएको छ । मंगला गाउँपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय म्याग्दीको सहकार्यमा सो कार्यक्रम संचालन गरिएको हो ।

कर्याक्रमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले बालबालिका माथि हुने शारिरीक,मानसिक हिंसा र यौनजन्य दुव्र्यव्यबहारलाई न्युनिकरण गर्न विद्यार्थीको महत्वपुर्ण भुमिका हुने बताउनुभयो । बाल अधिकारका बारेमा विभिन्न ऐन बनेपनि चेतनाको कमीले प्रभावकारी कार्यान्वयन हुन नसकेको उहाँको भनाई छ । गाउँपालिकाले विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन विभिन्न कार्यक्रम संचालन गरिरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनिले बालबालिका माथी हुने शारिरिक,मानसिक हिंसा तथा यौनन्य दुव्र्यव्यबहार र कानुनी प्रावधानका बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा कक्षा ९ र १० गरी ८५ जना विद्यार्थीको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार