म्याग्दीमा गजल उत्सव सम्पन्न

बेनी, आइतबार जेठ २६ गते । म्याग्दीको सदरमुकाम बेनीमा शनिबार गजल उत्सव सम्पन्न भएको छ । म्याग्दी साहित्य सञ्चार संस्थाको तेस्रो अधिवेशनका अवसरमा गजल उत्सव कार्यक्रमको आयोजना गरेको हो । गजल उत्सव कार्यक्रममा दश जिल्लाका १० जना भन्दा बढी गजलकारहरुले गजल बाचन गर्नुभएको छ ।

गजल उत्सवमा बागलुङका राम अविरल,रौतहटकी रेणुका जिसी, स्याङ्जाका मिलन समीर,नवलपुरका अदर्श सुशील,कैलालीका हिम्मत ढकाल,काठमाण्डौंका भूपि सरोवर,सल्यानका सिपी सखी,पर्वतका डिआर शर्मा, म्याग्दीका दर्पण रोका र दिपक शर्माले गजल बाचन गर्नुभएको थियो ।

कार्यक्रममा साहित्यकार गणनाथ पौडेललेद्धारा प्रकाशित प्रायश्चित काब्यको लोकापर्ण गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष घायलश्री को अध्यक्षता, उपाध्यक्ष सन्दिप खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार