म्याग्दीमा योग दिवस मनाइयो ,स्वस्थ जिवनका लागि योग ःमन्त्री पुन

म्याग्दी ,शुक्रबार असार ६ गते । अन्तर्राष्ट्रिय योग दिवस म्याग्दीमा पनि मनाइएको छ । योग दिवसको अवसरमा गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेबी पुनले जिवन शैली परिवर्तनका लागि योग अभ्यास अनिवार्य भएको बताउनुभयो । अन्तर्राष्ट्रिय योग दिवस समारोह जिल्ला कार्यसमिती म्याग्दीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पुनले मानिसको जिवनलाई स्वस्थ राख्नका लागि योग आवश्यक रहेको बबताउनुभएको हो ।

व्यक्तिगत शान्ति र स्वास्थ्यबिना विकास र समृद्धि सम्भव नभएकाले योग अभ्यास गर्नुपर्ने मन्त्री पुनको भनाई छ । मन्त्रीले पुनले भन्नुयभयो ‘योग अभ्यासले मनको शान्ति, आत्मनियन्त्रण, चित्त शुद्धिकरण र अध्यात्मिकतामा ध्यान दिँदै मानव शक्ति अनि चित्तको सकारात्मक विकेन्द्रिकरणमा महत्व दिनेछ’ ।

गण्डकी प्रदेश सरकारले नागरिकको स्वास्थ्यलाई स्वस्थ राख्न र स्वस्थ समाज निर्माण लागि विद्यालय स्तरमा विद्यायलमा स्वास्थ्य कार्यक्रम संचालन गर्नुका साथै योग अभ्यासलाई जोड दिएको बताउनुभयो । जिल्ला अस्पतालहरु प्रदेश मातहतमा आएकोले सबै सुविधा सहितको स्वास्थ्य सेवा जिल्ला अस्पतालबाट पाउने व्यवस्था गर्न प्रदेश सरकारले जोड दिएको मन्त्री पुनको भनाई छ ।

फरक प्रसंगमा मन्त्री पुनले नागरिकलाई उत्पादन संग जोड्नुपर्ने बताउँदै प्रदेश सरकारले आर्य आर्जन मुलक तालिमको व्यवस्था गरेको जानकारी दिनुयभो । उत्पादनलाई बढाउन स्थानीय तहले जोड दिनुपर्ने बताईन् । गत बर्ष तालिमको व्यवस्था गरिए पनि जिल्लाबाट कुनै प्रस्ताव नगएकोमा दुख व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी लिलाधर अधिकारीले स्वस्थ जिवन एवम् परिवर्तनशिल समाज निर्माणका लागि योग आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कार्मचार्य ,नविन आनन्द योग केन्द्रका अधयक्ष नविन जुग्जालीले मन्तव्य राख्नुभएको थियो ।

प्रजिअ अधिकारीको अध्यक्षता ,नविन आनन्द योग केन्द्रका सचिव हरिप्रसाद पौडेलको संचालन र उपाध्यक्ष सुरेन्द्रराज शर्माको स्वागत मन्तव्यमा कार्यक्रम समापन भएको थियो । जिल्ला प्रशासन कार्यालयको सहभागिता तथा नविन आनन्द योग केन्द्रको आयोजनामा विशेष एक हप्ते योग अभ्यास संचालन भएको छ । कार्यक्रममा योग प्रशिक्षार्थीहरुलाई तथा मन्त्री पुनलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार