म्याग्दीमा १४औं छुवाछुत मुक्त दिवस मनाईयो

म्याग्दी,मंगलबार जेठ २१ गते । १४ औं छुवाछुट मुक्त राष्ट्र घोषणा दिवसको अवसरमा म्याग्दीमा पनि विभिन्न कार्यक्रम गरि मनाइएको छ । मंगलबार राजनितीक दल,दलित अधिकारकर्मि ,जनप्रतिनिधि तथा सरकारवालाहरु विचमा बृहत अन्तक्रिया कार्यक्रम तथा दलित शसक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । बेनी नगरपालिकाको आर्थिक सहयोग तथा संयुक्त राजनितिक दलित संघर्ष समिति म्याग्दीको आयोजनामा सो कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा जिसस प्रमुख केसीले छुवाछुत मुक्त घोषणालाई व्यवहारिक कार्यान्वयनको लागि राजनीतिक पार्टी र सामाजिक अगुवाहरुले समाजमा जनचेतना फैलाउन आबश्यक रहेकोमा जोड दिनुभयो । उहाँले मानिस– मानिस बिचमा हुने विभेद कुनै पनि दृष्टिकोणमा सहि नभएको उल्लेख गर्दै हरेक जातजाति बिचमा पारस्परिक मानविय सम्बन्ध स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पूर्व सभासद एवम नेकपा म्याग्दीका जिल्ला अध्यक्ष गोविन्द पौडेल, प्रजिअ अधिकारी, नेपाली काँग्रेस म्याग्दीका सचिब मिन बहादुर कार्की लगायतले जातिय विभेद सामाजिक अपराध हुने भएकाले दोषिमाथि कानुन बमोजिम कारबाही हुनेमा जोड दिनुभयो ।


कार्यक्रममा दलित अधिकारकर्मी टेक बहादुर विक, मालिका गाउँपालिकाका उपाध्यक्ष खर मायाँ बिटालु, बेनपा–८ का वडा अध्यक्ष रामकृष्ण बराईली, कार्यपालिका सदस्य कृष्णकुमार विश्वकर्मा, रघुगंगा गाउँपालिकाका कार्यबहाक उपाध्यक्ष सम्झना परियारले दलित समुदायको अधिकार प्रत्याभुति गर्न राज्य गम्भिर हुन नसकेको गुनासो गर्दै आफ्नो क्षेत्रबाट दलित समुदायको शसक्तिकरणको लागि रचनात्मक भुमिका खेल्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

कार्यक्रममा दलित अगुवा गव्बे परियार, मनकुमारी विश्वकर्मा, सुवास विश्वकर्मा लगायतले छुवाछुतको अहिलेको अबस्था र सरोकारवालाको भुमिकाबारे ध्यानकर्षण गराउनुभएको थियो ।कार्यक्रममा दलित अधिकारकर्मी पुस्कर विकले दलित मुक्ति र अवको दिशा बिषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो थिए भने म्याग्दी बहुमुखी क्याम्पसका पा्रध्यापक रेखाकौसल रेग्मी र नागरिक समाज म्याग्दीका संयोजक सुदर्शनकुमार श्रेष्ठले टिप्पणी गर्नुभएको थियो ।

संयुक्त राजनीतिक दलित संघर्ष समिति म्याग्दीले दिवसको अवसरमा मंगलबार बेनी नगरपालिकाको आर्थिक सहयोगमा सुभारम्भ गरेको कार्यक्रम अन्र्तगत साताव्यापि रुपमा विभिन्न कार्यक्रम समावेश गरिएको छ । संयुक्त राजनीतिक दलित संघर्ष समिति म्याग्दीका संयोजक विश्वकर्माको अध्यक्षता, याम किसानको स्वागत र अमित विश्वकर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैगरी कार्यक्रमको अवसरमा म्याग्दीमा अन्तरजातिय विवाह गरेका १५ दम्पतीलाई सम्मान गरिएको छ । साताव्यापि दलित शसक्तिकरण कार्यक्रमको उद्घाटन कार्यक्रममा जिल्लाको विभिन्न ठाउँमा अन्तरजातिय विवाह गरेका जोडिहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्र बहादुर केसी, बेनी नगरपाकिलाका उपमेयर सञ्जु बरुवाल, प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, मालिका गाउँपालिकाका उपाध्यक्ष खर मायाँ बिटालु, समितिका संयोजक बलबहादुर विश्वकर्मा लगायतले अन्तरजातिय विवाह गरेका दम्पतीलाई दोसल्ला ओढाएर सम्मापत्रद्धरा सम्मान गर्नुभएको थियो ।
जातिय विभेदलाई हटाउन अन्तरजातिय विवाहले सकरात्मक भुमिका खेल्ने र उनीहरुको हौँसलाको लागि सम्मान गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार