म्याग्दीमा १६औं राष्ट्रिय धान दिवस मनाइयो (फाेटो फिचर )

बेनी ,आइतबार असार १५ गते । म्याग्दीमा विभिन्न कार्यक्रमको आयोजना गरी १६ औं धान दिवस मनाइएको छ । कृषि ज्ञान केन्द्र म्याग्दी र बेनी नगरपालिका ५ मा रहेको महारानी कृषि समुहको संयुक्त आयोजनामा धान दिवस मनाइएको छ । कार्यक्रमको उद्घाटन गर्नुहुँदै गण्डकी प्रदेश सभा सदस्य सांसद विनोद केसीले धान दिवसको शुभकामना दिनुभएको थियो ।


सांसद केसीले धान नेपालको मुख्य बाली भएको बताउँदै कार्यक्रम र नितिगतमा मात्र सिमित नभई व्यवहारीक रुपमा धान उत्पादनलाई जोड दिनुपर्ने बताउनुभयो । कृषि प्रधान मुलुक भनिए पनि धान लगायत खाद्यन्न बालीमा परनिर्भर हुनुपरेको उहाँको भनाई छ ।

साथै सांसद केसीले कृषिमा उत्पादकत्व बढाउन परम्परागत कृषि खेती प्रणालीलाई परिवर्तन हुन आवश्यक रहेको बताउनुभयो । कृषि खेतीमा आधुनिकरण गरी उत्पादकत्व बढाउन गण्डकी प्रदेश सरकारले कृषिमा जोड दिएको बताउनुभयो । सांसद केसीले कृषिमा उत्पादकत्व बढाउन सम्भावना र चुनौतीको अध्ययन गरी विभिन्न कार्यक्रम संचालन गरेको जानकारी दिनुभयो ।

परम्परागत कृषि खेती प्रणाली,युवाहरुको बैदेशीकक पलायन तथा आधुनिकरणको अभावमा उतपादकत्व बृद्धि हुन नसकेको बताउनुभयो ।आयातलाई घटाउन स्थानीय तहले पनि कृषि क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।प्रदेश सरकारले कृषि खेती गर्न चाहाने युवाहरुहरुका लागि अनुदानको व्यवस्था रजमिन नभएकाहरुलाई बाँझो जमिन भाडाँमा लिएर तथा सार्वजनिक जग्गालाई चक्लाबन्दी गरी जग्गाको व्यवस्था गरिदिने बताउनुभयो ।

कार्यक्रममा संविधान सभा सदस्य पुर्व सांसद एवम् नेकपा म्याग्दीका अध्यक्ष गोविन्द पौडेल र नेपाली कांग्रेस म्याग्दीका सचिव क्याप्टेन मिन बहादुर कार्कीले धानको उत्पादनलाई बढाउन कृषिमा आधुनिकरण हुन जरुरी रहेको बताउनुभयो । यान्त्रीकरणले उत्पादकत्वमा बृद्धि हुनुका साथै किसानलाइ सहज हुने बताउनुभयो ।
कार्यक्रममा कृषि ज्ञान केन्द्रका प्रमुख गोविन्द राज कोइरालाले धान खेतीको बारेमा जानकारी दिनुभएको थियो ।

उहाँले म्याग्दीका १३ प्रतिशत जमिन मात्र धान खेतीका लागि उपयुत्त भएको बताउनुभयो । बैदेशीक पलायन ,परम्परागत कृषि खेती प्रणाली,पर्याप्त विउविजन र संचाई नहुादा उत्पादकत्वमा कमी आएको बताउनुभयो । कार्यक्रममा वडा अध्यक्ष लक्ष्मन बानियाँ,महारानी कृषि समुहका अध्यक्ष विरबहादुर जिसी लगायतले बोल्नुभएको थियो ।


महारानी कृषि समुहका अध्यक्ष जिसीको अध्यक्षता ,सदस्य मुक्ती खड्काको स्वागत तथा बागवानी विकास अधिकृत भोज बहादुर थापाको संचालनमा कायर्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार