रघुगंगा गाउँपालिकाको गाउँसभा, ३१ करोड ४१ लाख बजेट सार्वजनिक

म्याग्दी ,विहिबार असार ५ गते । जिल्लाको रघुगंगा गाउँपालिकाले आर्थिक बर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रममार्फत पूजिगततर्फ ११ करोड ५८ लाख ३१ हजार र चालुतर्फ १९ करोड ८३ लाख गरी कुल ३१ करोड ४१ लाख ३१ हजारको बजेट सार्वजनिक ग गाउँसभाको उद्घाटन गदैं अध्यक्ष भव बहादुर भण्डारीले हरेक जनताको घरदैलोमा पुग्ने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरिएको बताउनुभयो ।

गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहिबार आयोजित गाउँसभामा कृषि, पर्यटन, जलविद्युत, रोजगार तथा विकासका योजनालाई प्राथमिकता दिएको अध्यक्ष भण्डारीले बताउनुभयो । बजेटले विगतमा टुक्रे योजनाले जनताको आवश्यकतालाई समाधान नगरेको भन्दै एक वडा १ गौरवको योजना, ५ लाखभन्दा माथिका योजनाहरूलाई प्राथमिकता, एक घर एक महिला रोजगार कार्यक्रम, सबै ८ वडाका महिलाहरूको तथ्याङ्क संकलन गरी क्षमता अनुसारको रोजगारी दिने, महिला सशक्तिकरणका साथै उद्मशिलताको विकास गर्न उपाध्यक्षसँग महिला कार्यक्रम समेत सञ्चालन गर्ने उहाँको भनाई छ ।

यूवालाई उत्पादन र सीपमुखी बनाउन गाउँपालिका भित्रका ३ वटा स्थानमा तालिम केन्द्र सञ्चालन, बाँझो खेतमा उत्पादनलाई जोड दिइएको छ । गाउँपालिका अध्यक्षसँग यूवा र उपाध्यक्षसँग महिला कार्यक्रम, सामाजिक सुरक्षा भत्ता बाहेक पनि यूवाहरूलाई केन्द्रित गरी रोजगारमुलक योजनाहरू निति तथा कार्यक्रममा समेट्ने प्रयास गरिएको छ ।


गाउँपालिका भित्रका विभिन्न पर्यटकीयस्थलमा पूर्वाधार तथा हरेक बर्ष गाउँपालिकास्तरीय पर्यटन महोत्सवलाई जोड दिइएको छ । गाउँसभाको अवसरमा प्रस्तुत नीति तथा कार्यक्रममा वडा अध्यक्ष तथा कार्यपालिका सदस्यले आफ्नो धारणा राख्नुभएको थियो ।


गाउँसभाको अध्यक्षता अध्यक्ष भण्डारी र सञ्चालन प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले गर्नुभएको थियो । गाउँपालिका उपाध्यक्ष कमला तिलिजाको बजेट सम्बोधन, वडा नं ६ का अध्यक्ष मनकुमार शेरपुञ्जाले बाचन गरेका थिए । यसैबीच आगामी असार २० गतेसम्मलाई गाउँसभा स्थगित गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार