राजतन्त्र र हिन्दु राज्य पुनस्र्थापना हुन्छ : अध्यक्ष थापा

म्याग्दी ,शनिबार जेठ २५ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेपालमा राजतन्त्र र हिन्दु राज्य पुनस्र्थापना हुने बताउनुभएको छ । उहाँले भन्नुभयो ‘राजतन्त्र र हिन्दु धर्म पुनस्र्थापनामा सहयोग गर्ने बहानामा बाह्य हस्तक्षेप बढिरहेको पनि बताउनुभयो ।

राष्ट्रिय स्वाभिमान यात्राको क्रममा शनिबार बिहान म्याग्दीको सदरमुकाम बेनीमा राप्रपा म्याग्दीद्धारा आयोजित पत्रकार सम्मेलनमा थापाले धर्म्निरपेक्षताको नाममा देशमा विखण्डन बढेको र राप्रपाले नेपाललाई हिन्दू राज्य कायम गराइ छोड्ने उद्देश्यले राष्ट्रिय स्वाभिमान यात्रा अभियान संचालन गरेको बताउनुभयो ।

राजनीतिक दलहरुको आपसी किचलो र देशको वर्तमान स्थितिको फाइदा उठाउँदै भारतले बेलाबेलामा हस्तक्षेपकारी भूमिका खेल्न चाहने गरेको बताउनुँहुँदै अध्यक्ष थापाले हाम्रै एजेण्डा स्थापित गराउने उद्देश्यले भारतले नेपालमाथि हस्तक्षेप गर्न खोजे पनि त्यो आफू र आफ्नो पार्टीलाई मान्य नहुने बताउनुभएको हो ।

हिन्दु राज्य र राजतन्त्र पुनस्र्थापनाका बारेमा पत्रकारहरुको जिज्ञासाका उत्तर दिनुहुँदै अध्यक्ष थापाले राप्रपाको राष्ट्रिय स्वाभिमान यात्राको उद्देश्य संविधानमा हिन्दू राष्ट्र लेखाउनु मात्र नभई राजा (पूर्वराजा) देखि विप्लव समूह समेत अटाउन सक्ने व्यवस्था स्थापित गर्न पनि राप्रपाले भूमिका खेल्ने बताउनुभयो ।

लोकतन्त्रको आवरणमा लुततन्त्र भएको र संगठित रुपमा धर्म परिवर्तन गराइएको बताउनुहुँदै अध्यक्ष थापाले आपत्ती व्यक्त गर्नुभयो ।

हालै सम्पन्न भारतको निर्वाचनबाट पनि राप्रपा नेपाललाई ठूलो प्रेरणा मिलेको बताउँनुहुदै अध्यक्ष थापाले दुई दशकअघि जम्मा दुई सिट रहेको भारतीय जनता पार्टी (भाजपा)ले हिन्दू धर्मको मुद्दा नछोडी अघि बढेका कारण अहिले यतिको सिट पाउन सफल भएको बताउनुभयो ।

वर्तमान सकार पूर्ण रुपमा सर्वसत्तावादी नभैहालेको तर, सर्वसत्तावादका संकेतहरु केपी ओली नेतृत्वको सरकारले देखाउन थालेको बताउनुहुँदै अध्यक्ष थापाले संवैधानिक निकायका अंगहरुमा पार्टी निकटका व्यक्तिहरुलाई भर्ना गरेर कानुनी प्रक्रियालाई समेत प्रभावित पार्ने काम गरेको आरोप लगाउनुभयो । सरकारले हालै सार्वजनिक गरेको बजेट नियमित तर कर्मकाण्डी भएको अध्यक्ष थापाले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार