विपत न्यूनिकरण तथा ब्यवस्थापनमा पुर्व तयारीमा रहन पालिकालाई आग्रह

धिरन खत्री/म्याग्दी,बुधबार जेठ २९ गते । बाढीपहिरो, आगलागि, सडक दुर्घटना लगायतका घटनाहरु न्युनिकरण तथा ब्यवस्थापनमा जिल्लाका सबै पालिकाले उद्धार तथा राहत सामाग्री र जनशक्तिको पुर्वतयारीमा रहन आग्रह गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा जिल्ला विपत ब्यवस्थापन समितिको आयोजना भएको विपत ब्यवस्थापन सम्वन्धि अन्र्तक्रिया कार्यक्तममा उपस्थित सरोकारवालहरुले विपत ब्यवस्थापनको राहत तथा उद्धार सामाग्रीमा पुर्वतयारीमा रहनुपर्नेमा जोड दिएका हुन् ।

गण्डकी प्रदेश सांसद विनोद केसीको विशेष उपस्थितमा भएको अन्र्तक्रियामा विपद ब्यवस्थापन महाशाखा गृहमन्त्रालयकी उपसचिव इन्दु घिमिरेले विपत ब्यवस्थापन नीति तथा कार्यक्तममा रहेर विपत ब्यवस्थापन सम्वन्धि पालिकाले गुरुयोजना बनाएर अघि बढ्न आग्रह गरेकी थिईन ।

सहसचिव घिमिरेले गाउँपालिकाभित्र रहेका उच्च जोखिमको बस्तीहरुको डिपिआर गरि जेष्ठ नागरिक, महिला, बालबालिका र अपाङ्ग लगायतको विवरण लिएर उद्धार तथा राहत ब्यवस्थापनमा पुर्व तयारी गनुपर्ने बताईन । नेपालमा बाढीपहिरोको उच्च जोखिमका १६ जिल्लामध्ये म्याग्दी पनि एक भएको बताउदै सबै पालिकाले समन्वय गरेर विपत ब्यवस्थापन सम्वन्धि उद्धार सामाग्री समन्वय गरेर उपलब्ध गराउन घिमिरे आग्रह गरेकी थिईन ।

त्यस्तै सांसद केसीले विकास निर्माणका कामहरुमा ढिलासुस्ती, मापदण्ड विपरित, जनशक्ति र प्राविधि राम्रोसंग प्रयोग नगर्नुले विभिन्न घटनाहरु बढ्दै गएको बताए ।
उनले जिल्लामा भएको विकास योजनाका गतिविधिहरु सम्वन्धित कार्यालयका कर्मचारीले जनप्रतिनिधिहरुसंग सूचना प्रवाहमा समन्वय कम हुदाँ विकास निर्माणमा ढिलासुस्ती र काम समयम सम्पन्न नहुने गतिविधिले विभिन्न घटनाहरु भोग्न बाध्य भएको बताए ।

कालीगण्डकी, रघुगंगा र म्याग्दी नदीको संगमस्थलको जिल्लामा धेरै बस्तीहरु कटान र पहिरो उच्च जोखिममा रहेको हुदाँ भौगोलिक बनोटको आधारमा छुट्नै नीति बनाएर अघि बढ्न आवश्यक रहेको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर केसीले कालीगण्डकी करीडोर अन्तर्गत बेगखोलामा समयममा पुल नवन्दा खोलामा यातायात साधनहरुलाई आवातजावात गर्न समस्या रहेको बताएका थिए । नदीहरुको उच्च जोखिममा रहेका बस्तीहरुलाई संरक्षणका लागि प्रदेश र संघबाट समन्वय गरेर काम भईरहेको जानकारी दिए।

त्यस्तै जिल्लामा भएको उद्धार तथा राहतको गतिविधिहरुको जानकारी गराउदै प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले विपत लक्षित गरेर जिल्लाकै ४५ ओटै वडामा हेलिप्याड निर्माणलाई तिव्रता दिएको बताए ।

प्रजिअ अधिकारीले विपद ब्यवस्थापन नीति कार्यक्रम रहेर योजना तथा राहत उद्धार सामाग्री तयारी गर्ने, सबै पालिका र वडामा विपद ब्यवस्थापन समिति गठन गर्ने र जिल्ला प्रशासनसंग समन्वय गरेर उद्धारलाई प्रभावकारी बनाउन राहत सामाग्री भण्डार गर्ने निर्णय गरिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार