विश्व वातावरण दिवसको अवसरमा बजार सफाई

बेनी, बुधबार जेठ २२ गते । विश्व वातावरण दिवसको अवसरमा बेनीबजार सरसफाई गरिएको छ ।

जिल्लाको सदरमुकाम बेनी बजारमा रहेको बेनी बोडिङ केकेन्डरी स्कुलले बार्षिक कार्यक्रम अनुसार स्वच्छ वायु, स्वस्थ जीवन ,स्वस्छ वातावरण भन्ने मुल नारा सहित बेनी बजार सफाई गरेको हो ।

सफाई कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको स्कुलका लेखापाल विशाल खत्रीले जानकारी दिनुभएको छ । उहाँका अनुसार विश्व वाताबरारण दिवसको अवसारमा विद्यालयद्धारा आयोजित बजार सरसफाई कार्यक्रम अन्तर्गत बजारका सडक,विभिन्न सार्वजनिक स्थलहरुको सफाई गरिएको छ ।

साथै विद्यार्थीहरुले बाजा,ढोल बजाएर सांकेतिक मार्फत बजार बासीहरुलाई सरसफाई गर्न आह्वाहन गरेका थिए । कार्यक्रममा प्रिन्सीपल मनोहरराज गोर्खाली,प्रवन्ध निर्देशक सनम बानियाँ लगायतले सरसफाई अभियानमा सहभागिता जनाउनुभएको थियो ।

यसैगरी दिवसको अवसरमा लिटल गार्डेन एकेडेमिले पनि बजार सफाई गरेको छ । आफ्नो बार्षिक कार्यक्रम अनुसार विश्व वातावरण दिवसको अवसरमा सरसफाई गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार