मुलुकमा सामन्तवाद अवशेषको अन्त्य हुँदै: मुख्यमन्त्री गुरुङ
मंगलबार, साउन ७ गते
। म्याग्दी न्युज संवाददाता
पोखरा, मगलबार साउन ७ गते । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुक सामन्तवाद अवशेषको अन्त्य गर्ने चरणमा पुगेको बताएका छन् ।
फाइल तस्वीर
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको ४१औँ स्मृति दिवसको अवसरमा पोखरा–७ मासवारस्थित पुष्पलालको सालिकमा माल्यार्पण गर्दै उहाँले नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी व्यक्तित्व पुष्पलालको विचारको जगमा देश वर्तमान अवस्थासम्म आइपुगेको बताए ।
नेपाली कम्युनिष्ट आन्दोलनले सफलता प्राप्त गर्दै राष्ट्रकै नेतृत्व गरिरहेको उल्लेख गर्दै उहाँले समाजवादोन्मुख हाम्रो देशलाई विकास र समृद्धिको मार्गमा लैजाने गहन जिम्मेवारीलाई वहन गर्नु वर्तमानको आवश्यकता रहेको औँल्याए ।
नेपाल कम्युनिष्ट पार्टीलाई नेपाली जनताले विश्वास गरेर वर्तमान अवस्थामा पु¥याएको बताउँदै मुख्यमन्त्री गुरुङले अब देश र जनतालाई योगदान दिन सकेमा नै पुष्पलालप्रति सच्चा श्रद्धाञ्जलि हुने उल्लेख गरे ।
पार्टीको गण्डकी प्रदेश इन्चार्जसमेत रहनुभएका गुरुङले समाजवादमा आधारित भएर उत्पादनमा लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिए । नेकपा कास्कीका अध्यक्ष एवं प्रदेशसभा सदस्य कृष्ण थापाले पुष्पलाल स्मृति उद्यानलाई व्यवस्थित बनाउन पार्टी कार्यकर्ता, जनप्रतिनिधि, समाजसेवी एवं सर्वसाधारणको महत्वपूर्ण सहयोग रहँदै आएको जानकारी दिए ।
कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य सोमनाथ अधिकारी ९प्यासी०, केन्द्रीय सदस्य तुलबहादुर गुरुङ, केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज राजकाजी गुरुङलगायत पार्टीका केन्द्र र जिल्लास्तरका नेता तथा कार्यकर्ताले पुष्पलालको सालिकमा माल्यार्पण गरेका थिए । रासस
काठमाडौं । सूचना तथा प्रसारण विभागबाट प्रदान गरिने सम्पूर्ण सेवा अब अनलाइनबाटै प्रदान गरिने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागले प्रदान गर्ने बिआरएलएमएस, डिएमएस, सूचना व्यवस्थापन प्रणाली र…
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाउनुभएको छ । देउवाले मंगलबार दिउँसो १ बजे बस्ने गरी पदाधिकारी बैठक बोलाउनुभएको हो । केन्द्रीय कार्यसमिति बैठकका एजेण्डा र पार्टीको आन्तरिक संरचना…
काठमाडौँ । वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानका सदस्य ओम प्रसाद चालिसेले अभियानबाट राजीनामा दिइसकेका युवराज सफलले आफुहरुलाई बदनाम गर्ने नियतले जथाभावी आरोप लगाएको बताउनुभएको छ । सफलले आइतबार बिहान गौतम…
बेनी । म्याग्दीका किसान यतिबेला धान रोप्न व्यस्त छन् । हिलो र आलीमा किसान । कोही जोत्ने त, कोही हिलो–आली गर्न । हिलो मिलाउने सबै आफ्नै धुनमा । बीउ काढ्ने र धान…