आउ मेघा…

बसन्त चौधरी /काठमाण्डौं, विहिबार साउन ९ गते ।

आउ मेघा
वाफिएको जीवनको गर्मी संगै
खडेरीको तापमा
तिमी पानी बनेर आउ
र,
वृष्टिगर,
शीतल र सौम्य जलधारा
माथी(माथी हिमालबाट बोकेर
शीतलता छर्दै
रझाऊँदै र पखाल्दै
लहराऊँदै र झुम्दै
आउ मेघा आउ
यहाँ उष्ण बढेको छ र
पोलेको छ मन !

शिशिरको उराठ आँगनमा
पतझड बनेको छ जीवन
तिमी मधुमास बोकेर आउ
फुलाउ सुन्दर(सुन्दर फूलहरु
मगमगाउँदा, भरभराउँदा
तिम्रो निर्मल थोपा(थोपाबाट
सुन्दरता बिसाएर,
पोख्दै(पोख्दै
उराठ शिशिरलाई
वसन्त पार !
आउ मेघा आउ
पतझड हाँस्दैछ !

समयका पल प्रतिपल संगै
उषाका स्वर्णिम किरणका
काखमा बसेर
सुर्यको सुनौलो रंगले रंग्याउँदै
मेरो जीवनको प्रत्येक अन्धकारलाई
नयाँ बिहानिको सुन्दरताले नुहाएर
नास गर सारा धमिलो
आउ मेघा आउ
अध्यारो ममा बाक्लिंदैछ !

काठमाडौँ ( सावन ४, २०७६

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार