कर्मचारी अख्तियारको खोरमा परेपछि स्वास्थ्य कार्यालय सुनसान

म्याग्दी,बुधबार साउन १५ गते ।
स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख सहित चार जना कर्मचारी घुस लिएको आरोपमा अख्तियारको खोरमा परेपछि कार्यालय सुनसान बनेको छ । साउन १२ गते सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियारले निमित्त कार्यालय प्रमुख सहित चार जनालाई नियन्त्रणमा लिएको थियो ।

निमित्त कार्यालय प्रमुख भिमप्रसाद आचार्य, स्टोरकिपर रघुनाथा रेग्मी ,लेखापाल हरिशंकर शर्मा र सवारी चालक भवदत्त जैसी पक्राउ परेका थिए । कार्यालय प्रमुख सहित चार जना कर्मचारी पक्राउ परेपछि कार्यालय सुनसान भएको छ । बुधबार कार्यालयमा पुग्दा तल्लो तहका कर्मचारीहरु निराश र खिन्न मुडमा देखिन्थे ।

कार्यकक्षमा ताला लगाइएको छ । कार्यालय प्रमुख सहित चार कर्मचारी पक्राउ परेपछि सामान्य रुपमा प्रशासनिक काम गर्ने गरेको कार्यालयका तथ्याङक अधिकृत मेघनाथ रेग्मीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार