गुल्मी पहिरो अपडेट : ज्यान गुमाउनेको संख्या १२ पुग्यो, अझै एक जना बेपत्ता

गुल्मी ,बिहिबार साउन ९ गते । सत्यवती गाउँपालिकामा सोमबार राति गएको पहिरोमा पुरिएर ज्यान गुमाउनको संख्या १२ पुगेको छ ।

पहिरोमा पुरिएर बेपत्ता भएका १३ जनामध्ये बिहीबार बिहानसम्म १२ जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतले जानकारी दिनुभयो ।

पहिरोमा पुरिएकी लिम्घाकी ८ वर्षीय तारा विक भने अझै बेपत्ता छिन् । पहिरोमा पुरिएर घाइते भएका सत्यवती गाउँपालिका–३ ठूलोलुम्पेककी १३ वर्षीया धनी तरामु र १० वर्षीया करिश्मा तरामुको उपचारको लागि बुधबार बेलुका नेपाली सेनाको हेलिकप्टरबाट काठमाण्डौ लगिएको छ । उनीहरुको त्रिवि शिक्षण अस्पताल काठमाण्डौमा उपचार भैरहेको छ । उज्यालो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार