धनगढीमा विष्फोट हुँदा पाँच घाइते , दुईको अवस्था गम्भीर (नामावली सहित )

कैलाली, शुक्रबार साउन ०३ गते । कैलालीको धनगढी उपमहानगरपालिकास्थित चटकपुरमा बिहिबार साँझ विष्फोटन हुँदा पाँच जना घाइते भएका छन् ।

साँझ ६ः४५ बजे स्थानीय निलम होटेलमा विष्फोटन हुँदा होटेल सञ्चालक केशवराज पाण्डेय घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता दक्षकुमार बस्नेतले जानकारी दिए ।

विष्फोटमा परी बझाङ घर भएका रामसिंह र ठेगाना खुल्न नसकेका लक्ष्मण सेरेला, मोबिन खान, जीतेन्द्र यादव घाइते भएको जनाइएको छ ।

घाइतेलाई उपचारका लागि मेट्रो अस्पताल लगिएको र घाइतेमध्ये होटेल सञ्चालक पाण्डेय र रामसिंहको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

होटेलमा चिया खान बसेकाले बोकेको बम विष्फोट भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रवक्ता बस्नेतले जानकारी दिए । उनले भने, ‘टिफिन बक्समा राखिएको बम विष्फोट भएको अनुमान छ ।’

घटनास्थलबाट चाइनिज पेस्तोल बरामद गरिएको र अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए । नागरिकखबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार