नेकपा म्याग्दीका सेक्रेटरी र इन्चार्ज पक्राउ

म्याग्दी,मंगलबार साउन ७ गते । नेत्रविक्रम चन्द्र बिप्लब नेतृत्वको (नेपाल कम्युनिष्ट पार्टी) म्याग्दीका जिल्ला सेक्रेटरी र इन्चार्ज पक्राउ परेका छन् ।

फाइल तस्वीर

पक्राउ पर्नेमा नेकपा म्याग्दी इन्चार्ज कमानसिङ नकाल क्षेत्री( विकिरण) र सेक्रेटरी बाबुलाल शाक्य रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार उनिहरुलाई सोमबार साँझ पक्राउ गरिएको हो ।

लुकिछिपि ग्रामीण बस्तीमा बस्दै आएको बिशेष सुराकिको आधारमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक महेन्द्रप्रसाद मरासिनी नेतृत्वको टोलीले बेनी नगरपालिका–३ भकिम्लीको नयाँपुलबाट क्षेत्री र शाक्यलाई प्रक्राउ गरेको हो ।

मोटरसाईकलबाट ग्रामिण बस्तीतर्फ जाँदै गरेका प्रतिबन्धित बिप्लब समुहका नेताद्धयलाई नियन्त्रणमा लिएपछि आबश्यक कानुनी प्रकृया अघि बढाईएको प्रनाउ मरासिनीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार