बेनपाका प्रशासकीय अधिकृत कार्यालय छाड्दै हिड्दै

साधन राम्जाली /म्याग्दी ,विहिबार साउन ९ गते । सरकारको निर्देशनलाई उल्ङ्घन गर्दै बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यतिखेर लामो विदामा बस्नुभएको छ । असार ३० गते संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुलाई स्थानीय तह नछाड्न निर्देशन दिएको थियो ।

निर्देशनलाई उल्ङ्घन गर्दै बेनपाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद शर्मा बुधबार देखि एकहप्ताको लामो विदामा बस्नुभएको हो । केही दिन यता अविरल वर्षाका कारण नेपालका विभिन्न भूभागमा आएको बाढी, पहिरो, डुबानजस्ता विपद्को समयमा व्यवस्थापनको प्रमुख जिम्मेवारी स्थानीय तहको हुने भन्दै मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतहरुलाई कार्यक्षेत्र नछाड्न निर्देशन दिएको थियो ।

अधिकृत पटकपटक विदा बसेकाले प्रशासनीक सेवाप्रवाहमा असर पुगेको नगरपालिकाका एक कर्मचारीले बताउनुभयो ।उहाँ बेनी आएदेखि नै राम्रो सँग काम गर्नुभएको छैन ति कर्मचारीले भन्नुभयो ‘नगरपालिकाका निर्र्णयहरु कार्यान्वयन गर्ने देखि लिएर दैनिक सेवाप्रवाह गर्ने जिम्मेवार व्यक्तिनै लामो समयसम्म विदा बस्दा सार्वजनिक सेवाप्रवाहमा गम्भिर असर पुगेको छ ।’ उहाँ के कति कामले विदामा बस्नुभएको हो भन्ने आफूलाई कुनै जानकारी नभएको निमित्त प्रमुख प्रशासकीय अधिकृत युबराज थापाले बताउनुभयो । अधिकृत शर्माले शिक्षा शाखाका अधिकृत विष्णुप्रसाद पराजुलीलाई निमित्त दिनुभएको रहेछ उहाँ पनि आज नभएकाले मलाई निमित्त दिनुभएको हो अधिकृत थापाले भन्नुभयो ।

उहाँ धेरै जसो विदा मै बस्ने गर्नुहुन्छ मेयर हरिकुमार श्रेष्ठले भन्नुभयो ‘म आफैलाई चित्त बुझेको छैन । विदामा वस्ने कर्मचारीको अधिकार पनि हो ।

आर्थिक वर्ष सकिएकाले केही समय विदा दिनुप¥यो भनेकाले एकहप्ताको विदा स्विकृत गरेको हुँ ।’ आज लेखाका कर्मचारी पनि छैनन् आज शाखा नै बन्द छ । को कर्मचारी कहाँ हुन्छन आफूलाई कुनै जानकारी नहुँने मेयर श्रेष्ठले बताउनुभयो ।

आपतकालिन अवस्थामा उद्धार तथा राहतको काममा समन्वय गर्नुपर्ने आवश्यकता देखिएको भन्दै मन्त्रालयले बिदामा बसेका प्रमुख प्रशासकीय अधिकृृतलाई समेत २४ घण्टा भित्र कार्यालयमा उपस्थित भई कामकाज गर्न मन्त्रालयले निर्देशन दिएपनि अधिकृत शर्माले अटेरी गर्दै विदामा वस्नुभएको छ ।

विदा मै वस्न पाइदैन भन्ने त होइन तर संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयको निर्दैशनलाई पालना गर्नुपर्ने हो प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले भन्नुभयो । बर्षातको समयमा सकभर विदा कम बसे राम्रो हुने उहाँको सुझाव छ ।

यसबारेमा प्रमुख प्रशासकीय अधिकृत शर्मा सँग जानकारी लिन खोज्दा उहाँको मोबाइलमा सम्पर्क हुनसकेन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार