बेनीमा २ महिने सिलाई कटाई तथा व्युटिपार्लर तालिम सम्पन्न

म्याग्दी ,विहिबार असार १९ गते ।म्याग्दीको सदरमुकाम बेनीमा संचालित दुई महिने सिलाई कटाई तथा व्युटिपार्लर तालिम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीको आर्थिक सहयोग तथा बेनी नगरपालिकाको व्यवस्थापनमा संचालन भएको २ महिने विहिबार बेनीमा एक कार्यक्रमका विच समापन भएको हो ।

तालिमको समापन कार्यक्रमलाई सम्बोधन गनुर््हुँदै बेनी नगरपालिका उपमेयर सञ्जु बरुवालले तालिमले महिलाहरुको आयआर्जन मुलक व्यवसायमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । महिलाहरुलाई आयआर्जन मुलक व्यावसायिक उद्यमीको रुपमा उत्पादन गरी आर्थिक रुपमा शसक्त एवमु आत्मनिर्भर बनाउन तालिम संचालन गरिएको बताउनुभयो ।

महिलाहरु आर्थिक रुपमा बलियो नहुँदा घरेलु हिंसा बढ्ने गरेको उपमेयर बरुवालको भनाई छ । महिलाहरुको सिप र क्षमता विकासका लागि नगरपालिकाले विभिन्न कार्यक्रम संचालन गरेको जानकारी दिनुभयो । साथै उनले तालिममा सिकेका सिपलाई व्यवहारीक रुपमा लागु गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा घरेलु विकास समिति म्याग्दी कार्यालय प्रमुख सरिता कुमारी गौतमले व्यवसायी गर्न चाहने महिलाहरुका लागि घरेलु तथा साना उद्योग विकास समितिले अनुदान दिने बताउनुभयो । व्यवसायी गर्न चाहनेहरुले प्रक्रियागत व्यवसायी दर्ता गरेर आएमा उद्योग विकास समिति कार्यालयले सामाग्री खरिदका लागि ८० प्रतिशत अनुदान उपलब्ध गराउने जानकारी दिनुभयो ।

गत बैशाख १्र९ गतेदेखी विहिबार सम्म दुई महिना संचालन भएको तालिममा ३२ जना प्रशिक्षार्थी सहभागी भएको घरेलु तथा साना विकास उद्योग समिति कार्यालय म्याग्दीका तथ्याङक सहायक सन्तोष ढुङगनाने जानकारी दिनुभयो । उहाँका अनुसार सिलाई कटाई तर्फ २० र व्युटिपार्लर तर्फ १२ प्रशिक्षार्थीले तालिम लिएका छन् ।

सिलाई कटाई तालिममा बेसिक र एडभान्स तालिम दिइएको छ । तालिममा सिलाई कटाईमा प्रशिक्षक मेनुका टेलरिङ्गकी संचालक मेक कुमारी पुन र आयुष्मा टेलरिÞङ्गकी संचालक मिना कुमारी पुन तथा व्युटिपार्लर तर्फ पिस साइन होमकी संचालक प्रमिला जोशीले प्रशिक्षण दिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार