बेनी बोर्डिङ्गद्धारा एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान

बेनी,शनिबार असार २१ गते । म्याग्दीको सदरमुकाम बेनीमा रहेको बेनी आवासीय माविले एसईईमा उत्तिर्ण तथा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान तथा विदाई गरेको छ । शनिवार सदरमुकाम बेनीमा विद्यालयले एक कार्यक्रमका विच उत्तिर्ण एवम् उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान तथा विदाई गरेको हो ।

विद्यालयले एसईईमा जिपिए ए प्लस आठ जना ,जिपिए ए १४ जना र जिपिए बी प्लस एक जना गरी ३२ जना विद्यार्थीलाई बधाई संगै शैक्षि सफताको कामना गर्दै विदाई गरेको छ । कार्यक्रममा विद्यालयका संस्थापक यशोदादेवी बानियाँले परिक्षामा उत्तिर्ण विद्यार्थीलाई बधाई दिदै शैक्षिक उज्वल भविश्यको कामना गर्नुभयो । उहाँले विद्यालयले आर्थिक आम्दानीलाई भन्दा शैक्षिक गुणस्तरमा जोड यिदएकाले विगत देखी नै उत्कृष्ट अंक हासिल गर्न सफल भएको दावी गर्नुभयो ।

कार्यक्रममा विद्यालयका प्रिन्सीपल मनोहर गोर्खालीले उत्तिर्ण विद्यार्थीलाई बधाई दिनुभयो । उहाँले विद्यार्थी सफल हुनुमा विद्याथीको अध्ययनमा लगनशिलता ,अभिभावकको सहयोग तथा विद्यालयले प्रदान गर्ने गुणस्तरिय शैक्षिक वातावरणको साथले मात्र सम्भव भएको बताउनुभयो ।

संस्थाप बानियाँको अधयक्षता ,शिक्षक प्रकाश आचार्यको संचालन र शिक्षक सुनिता आचार्यको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा शिक्षक सञ्जय श्रेष्ठ,विदार्थी सन्दीप पौडेल ,अभिभावक मिता केसी र संज्ञा श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।यसैगरी जिल्लाबाट एसईईमा उत्कृष्ट अंक ल्याउने अन्य विद्यालयहरुले पनि सम्मान तथा विदाई गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार