भाषा र प्रविधि सम्बन्धी दुई दिने तालिम सुरु

म्याग्दी, शनिबार साउन ४ गते । जिल्लामा क्रियाशिल पत्रकारका लागि भाषा र प्रविधी विषयक दुई दिने तालिम सुरु भएको छ । जिल्ला समन्वय समिति म्याग्दीको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ म्याग्दीको आयोजनामा शनिबार देखी सो तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन गर्नुहुँदै जिसस प्रमुख देवेन्द्रबहादुर केसीले क्रियाशिल पत्रकारहरुको क्षमता विकासमा टेवा पु¥याउन कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । उहाँँले जिल्लाको पुर्वाधार निर्माण ,सामाजिक,आर्थिक ,शैक्षिक विकास एवम् विभिन्न गतिविधिलाई सञ्चार मार्फत उजागर गर्नमा पत्रकारको महत्वपुर्ण भुमिका भएको बताउनुभयो ।


विकास निर्माण लगायत हरेक गतिविधिमा भइरहेका ढिलासुस्ती र बेथीतीलाई खबरदारी गर्नुका साथै सकरात्मक क्रियाकलापलाई उजागर गर्नुपर्नेमा जोड दिनुभयो ।

स्थानीय तहमा भएको साना तथा ठुला विकास आयोजनाको अनुगमन र सन्तलन कायम गर्ने जिससको भुमिका भए पनि स्थानीय तहले विकास निर्माणका आयोजनामा वेवास्ता गरेको गुनासो गर्नुभयो । प्रदेश र संघबाट जिल्लामा संचालनमा रहेका ठुला गौरबको आयोजनाको काममा ढिला सुस्ती भएको बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले जिल्लाको भौतिक पुर्वाधार निर्माण, सामाजिक र आर्थिक विकासमा पत्रकारको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । जिल्ला समन्वय अधिकारी ज्ञानराज कोइरालाले पत्रकारीतामा भाषा र प्रविधिको विकास भएमा सुचना प्रवाहमा सहज हुने बताउनुभयो ।

पहिलो दिन अन्नपुर्ण पोष्ट् दैनिकका सम्पादक अखन्ड भण्डारीले समाचार संकलनको आधार ,लेखन र भाषाको बारेमा प्रशिक्षण गराउनुभएका छ , भने आइतबार रजनीश भण्डारीले प्रविधीको बारेमा सम्बन्धी जानकारी प्रशिक्षण गराउने जनाइएको छ ।


नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्माको अध्यक्षता,उपाध्यक्ष ठाकुरप्रसाद आचार्यको स्वागत र सचिव गोरखनाथ सुवेदीको संचालनमा उद्घाटन कार्यक्रम समापन भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार