मोना फ्रान्सद्धारा शान्ति कोषलाई तीन लाख सहयोग [भिडियो सहित ]

म्याग्दी,शनिबार असार २८ गते । म्याग्दीकाे परोकापकारी संस्था ओमकुमारी शान्ति कोषलाई ठुलो आर्थिक सहयोग प्राप्त भएको छ । म्याग्दी प्रवासी नेपाली संघ (मोना) फ्रान्सले जिल्लाका गरिब विपन्न परिवारका विरामीको उपचारमा सहयोग गर्ने उद्धेश्यले परोपकारी संस्था शान्ति कोषलाई तीन लाख रुपैयाँ सहयोग गरेको हो ।

मोना फ्रान्सका अध्यक्ष हेम बानियाँ र संस्थाका सल्लाहकार मानबहादुर सेन्चुरीको संयोजकत्वमा रोजगारको शिलशिलामा फान्समा बस्दै आएका म्याग्दीलीहरुबाट संकलित सो रकम शनिबार एक कार्यक्रमका विच बेनिमा शान्ति कोषका अध्यक्ष राजेश शाक्यलाई हस्तान्तरण गरिएको छ ।

भिडियाे रिपाेर्ट

मोना फ्रान्सका अध्यक्ष बानियाँका बुबा दिपबहादुर बानियाँ र सल्लाकार सेन्चुरीकी आमा रतीश्री विकले रकम हस्तान्तरण गर्नुभएको हो ।
सहयोग रकम हस्तान्तरण गर्नुहुँदै अध्यक्ष बानियाँका बुबा बानियाँले गरिब विपन्न परिवारको विरामीलाई सहयोग गर्नु ठुलो मानविय सेवा भएको बताउनुभयो ।

शान्ति कोषका अध्यक्ष शाक्यले सहयोगी मोना फ्रान्स वासी र संकलन सहयोजकहरु प्रति आभार व्यक्त गर्नुभयो । उहाँले जिल्लाका गरिब विपन्न परिवारका विरामीले आर्थिक अभावकै कारण अकाल्मै ज्यान गुमाउन नपरोस भनी कोष स्थापना गरिएको बताउनुभयो । गरिब र विपन्न परिवका विरामीको उपचारका लागि प्राप्त भएको आर्थिक सहयोग पारदर्शी रुपमा संचालन भएको अध्यक्ष शाक्यको भनाई छ ।

गरिब तथा विपन्न परिवारको विरामीको उपचारमा सहयोग गर्ने उद्देश्यले साढे एक करोड रुपैयाँको अक्षय कोष स्थापना भएको छ । कोषका अध्यक्ष शाक्यको अध्यक्षता ,उपाध्यक्ष एवम् पत्रकार हरिकृष्ण गौतमको स्वागत मन्तव्य र सहसचिव विनय श्रेष्ठको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार