लायन्स क्लबहरुद्धारा बोधीचित्त र पिपलको वृक्षरोपण

बेनी ,शनिबार साउन ११ गते ।म्याग्दीको सदरमुकामा बेनीमा रहेका लायन्स क्लवहरुले शनिबार विभिन्न जातका विरुवाहरु रोपेका छन् ।

लायन्स क्लब अफ बेनी पिस सिटीले रत्नेचौरको लक्ष्मीहरी मन्दिरमा बहुमुल्य बोधिचित्तको विरुवा रोपेको छ । हरेक सामाजिक क्षेत्रमा क्रियाशिल हुँदै आएको क्लबले बेनी नगरपालिका–१ रत्नेचौरमा अवस्थित लक्ष्मीहरि मन्दिर क्षेत्रमा दोस्रो चरण अन्तर्गत बोधिचित्तको २० वटा विरुवा रोपिएको जनाएको छ ।


कार्यक्रममा क्लवका अध्यक्ष नरेश श्रेष्ठ, संस्थापक अध्यक्ष राजेश शाक्य र निवर्तमान अध्यक्ष लोकेश पुन मगर र लक्ष्मीहरी मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष नेत्र बहादुर महतको उपस्थितमा वृक्षरोपण गरिएको क्लबका अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयाे ।


वृक्षरोपण गर्दै क्लबका अध्यक्ष श्रेष्ठले लायन्स क्लबले सामाजिक विकास संगै हरेक क्षेत्रमा हातेमालो गरी अगाडी बढ्ने बताउनुभयो । क्लबका निवर्तमान अध्यक्ष पुन मगरले सामुदायिक क्षेत्रमा गरिएका खेतीबाट समुदायले प्रत्यक्ष फाइदा लिन सकिने भएकाले सामाजिक एवम् धार्मिक विकासका लागि यो बर्ष पनि निरन्तरता दिइएको जानकारी दिनुभयो । क्लबले गत बर्ष ३० वटा वृक्षरोपण गरेको थियो ।


यसैगरी बेनी नगरपालिका ६ चुत्रेनीमा ६ वटा लायन्स क्लबहरुले संयुक्त रुपमा पिपलको विरुवा रोपेका छन् । शनिबार एक कार्यक्रमका विच वडा अध्यक्ष कृष्ण बानियाँ ,क्लब अध्यक्ष एवम् विभिन्न संघ संस्थामा आवद्ध प्रतिनिधिहरुको उपस्थितीमा संयुत्त रुपमा एक सय ८ वटा विरुवा रोपिएको लायन सुविन श्रेष्ठले जानकारी दिनुभयो । पिपलले धार्मिक गरिमा बढाउनुका साथै वातावरणीय सन्तुलनलाई सुन्दर बनाउने भएकाले पिपल विरुवा रोपिएको श्रेष्ठले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार