लियो क्लब अफ बेनीको नयाँ अध्यक्षमा खत्री

बेनी ,शुक्रबार असार २० गते । लियो क्लब अफ बेनी म्याग्दीको नयाँ अध्यक्षमा विशाल खत्री निर्वाचित हुनुभएको छ । शुक्रबार सदरमुकाम बेनीमा भएको क्लबको सातौं अधिवेशनबाट बर्ष २०१९ र २० का लागि खत्री सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

अध्यक्ष खत्री संगै नयाँ कार्यसमितीको प्रथम उपाध्यक्षमा झलक जिसी , द्वितीय उपाध्यक्षमा जनक सुनाम , तृतीय उपाध्यक्षमा हरिकृष्ण आचार्य , सचीवमा पदम बिश्वकर्मा , कोषाध्यक्षमा सुजाता खत्री ,टेलटुइस्टरमा आशिक भण्डारी र मिडिया डाइरेक्टरमा राकेश शर्मा निर्वाचित हुनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथी लियो क्लबका पुर्व अध्यक्ष भरतबहादुर रकालले निर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुहुँदै रकालले क्लबको निती सिद्धान्त अनुसार सामाजिक कार्यमा लाग्नु पर्नेमा जोड दिनुभयो ।

निर्वाचित अध्यक्ष खत्रीले क्लबको निति तथा सिद्धान्तको आधारमा सामुहिक सहकार्यमा अगाडी बढ्ने बताउनुभयो । अध्यक्ष युवाहरुलाई लक्षित गरी सामाजिक कार्यमा सक्रिय हुने बताउनुभयो ।

कार्यक्रममा निवर्तमान अधयक्ष इश्वर बरुवालले निर्वाचित अध्यक्ष खत्रीलाई कुर्ची हस्तान्तरण गर्नुुहुदै २०१८ र १९ को कार्यकाल सफलतापुर्वक सम्पन्न भएको बताउनुभयो । उहाँले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार