सन्तोष गौतम/मौवाफाँट , बुधबार साउन २२ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाले बालबिवाह न्युनीकरणका लागि छोरीलाई मासिक एक सय रुपैयाँ पेवा दिने कार्यक्रम ल्याएको छ ।
मौवाफाँट स्थित गाउँपालिकाको कार्यालयमा मंगलबार बसेको कार्यपालिका बैठकले “रघुगंगा छोरी पेवा बचत कार्यक्रम सञ्चालक कार्यबिधी” पारित गर्दै बुधबारदेखि जन्मने छोरीलाई मासिक एक सय रुपैयाँ दिने निर्णय गरेको हो ।
बालबिवाह न्युनीकरण, संस्थागत प्रसुति सेवालाई प्रोत्साहन, सहकारीको प्रर्वद्धन, बचत गर्ने बानिको विकास, गर्भमा लिङ्ग पहिचान गरेर भ्रुण हत्या गर्ने र लैङ्गिक विभेदको सामाजिक समस्या घटाउन पेवा कार्यक्रम सञ्चालन गर्न लागिएको अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।
आठ वटै वडामा गाउँपालिकाले तोकेको सहकारी संस्थामा छोरीका नाममा खाता खोलेर गाउँपालिका र अभिभावकले मासिक एक÷एक सय रुपैयाँका दरले बचत गर्ने कार्यबिधीमा उल्लेख छ । गाउँपालिकाले दश वर्षसम्म र अभिभावकले बीस वर्षसम्म मासिक रुपमा खातामा जम्मा गर्ने पैसा छोरी बिस वर्ष पुगेपछि मात्र निकाल्न पाउने छन् ।
अध्यक्ष भण्डारीले आफूले पाउने पारिश्रमिकबाट स्थापना गर्नुभएको भवबहादुर भण्डारी अक्षयकोषबाट हरेक दम्पतिका एक छोरीलाई आफ्नो कार्यकाल सकिएपछि पनि निरन्तरता पाउने गरि थप मासिक एक सय रुपैयाँका दरले उपलब्ध गराउने निर्णय गर्नुभएको छ ।
यस्तो सुबिधा पाउन दुई सन्तान मात्र जन्माउनुपर्ने, स्वास्थ्य संस्थामा प्रसुति हुनुपर्ने, बीस वर्ष अघि बिवाह गर्न नपाउने, अभिभावकले बचतलाई २० वर्षसम्म निरन्तरता दिनुपर्ने सर्त पालना गर्नुपर्ने प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो ।
खाता खोलीने सहकारी संस्थाले नियम अनुसार अडिट, साधारणसभा र अधिवेशन गरेको हुनुपर्नेछ । ‘कार्यक्रम सानो भएपनि यसले धेरै आर्थिक र सामाजिक पक्षलाई समेट्न खोजेको छ,’ प्रशासकीय अधिकृत थापाले भन्नुभयो ।
बीस वर्षअघि शिक्षाका लागि आवश्यक परेर खातामा जम्मा भएको पैसा निकाल्नु परेमा गाउँपालिकाको स्विकृति लिनुपर्नेछ । सर्त पालना नगरे खातामा अभिभावले जम्मा गरेको पैसा समेत गाउँपालिकालेनै फिर्ता लिनेछ् ।
यसैगरी सामुदायिक वन उपभोक्ता समूहसंग साझेदारी गरेर वन, वातावरण संरक्षण, विपद् व्यवस्थापन र आयआर्जनका कार्यक्रम सञ्चालन गर्ने कार्यबिधि पनि बैठकले पारित गरेको छ । वन समुहसंग रहेको पुजिलाई विकास, गरिवि निवारण, आयआर्जनमा परिचालन र नियमनका लागि साझेदारी कार्यक्रम सञ्चालन गर्न लागेको हो ।
साझेदारीका कार्यक्रम सञ्चालन गर्न समूहले कम्तीमा पचास प्रतिशत बजेट लगानी गर्नुपर्नेछ् । नमुनाको रुपमा मौवाफाँटको चुहिनेपानी कुनौटा सामुदायिक वन समूह र गाउँपालिकाको एक÷एक लाख रुपैयाँ साझेदारीमा विपद् व्यवस्थापन योजना सञ्चालन गर्ने निर्णय भएको छ ।
७ देखि ११ सदस्यीय कार्यक्रम कार्यान्वयन र गाउँपालिका अध्यक्षको नेतृत्वमा अनुगमन समिति गठन गरिनेछ् ।
यसैगरी २०७६÷७७ देखि २०८०÷८१ सम्मका लागि गत असार २० गतेको कार्यपालिका बैठकले स्वीकृत गरेको प्रथम पञ्चवर्षिय योजना मंगलबारको बैठकमा सार्वजनिक गरिएको थियो ।
आर्थिक विकास र गरिबी निवारणलाई जोड दिएको पञ्चवर्षिय योजनाले मध्य र दिर्घकालिन प्रकृतिका योजनाहरुको वडागत सूचि समेत तयार पारेको छ । कार्यान्वयनका लागि गाउँपालिका अध्यक्ष भण्डारीको नेतृत्वमा आवधिक योजना तर्जुमा निर्देशक समिति गठन भएको छ
२०७७ मा मध्यावधि मूल्याङ्कन गरिने योजनामा बहुक्षेत्रगत विकासका नीतिहरु, यातायात, सडक, खानेपानी, विद्युत, सूचना, सञ्चार क्षेत्रलाई महत्व दिएको छ ।
म्याग्दी। म्याग्दीको रघुगंगा गाउँपालिकामा लागु औषध दुरुपयोग तथा ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस विविध कार्यक्रम गरि मनाइएको छ । आइतवार रघुगंगा गाउँपालिका–३ स्थित रघुगंगा माध्यमिक विद्यालय र रघुगंगा गाउँपालिका–१,तिप्ल्याङ स्थित कालिका माध्यमिक…
म्याग्दी । म्याग्दीको रघुगंगा नदीमा आएको बाढीले स्काभेटर बगाएको छ । शनिवार राती रघुगंगा नदीमा आएको बाढीले राहुघाट जलविद्युत आयोजनाका ड्याम साइटमा काम गरेर नदी किनारमा पार्किङ्ग गरि राखेको ठाउँमा कटान गरेर…
बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९र८० का लागि रु ४६ करोड ८६ लाख २५ हजार बराबरको बजेट पारित गरेको छ । शुक्रवार सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिका अध्यक्ष…
म्याग्दी। बेनी दरबाङ सडक अन्तर्गत अलपत्र लाम्पाटा – दरबाङ सडक खण्डमा पर्ने रणबाङका स्थानीयले धान रोपेर विरोध जनाएका छन् । निर्माण कम्पनीले अलपत्र पारेर सम्पर्क विहिन भएपछि स्थानीयहरुले सडकमै धान रोपेर विरोध…
बुटवल । सरकारले दोस्रो चरणको कोरोना महामारीको जोखिम भत्ता एक वर्ष बढी समय पुग्दा समेत नदिएको भन्दै भीम अस्पताल भैरहवाका स्वास्थ्यकर्मीले आन्दोलनको चेतावनी दिएका छन् । पटक–पटक जोखिम भत्ता उपलब्ध गराउन आग्रह…
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले नेताहरुले कुरा समाजवादको गर्ने तर व्यवहार त्यस अनुसार नगरेको आरोप लगाउनुभएको छ । सोमबार काठमाडौंमा आयोजित नेपालमा समाजवाद : चुनौती र सम्भावना शीर्षकको कार्यक्रममा…
धनगढी । अत्तरिया डडेल्धुरा जोड्ने भिमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको गोदावरी नगरपालिका–४ सडक छेउमा सोमबार बिहान १ बजेतिर एक जना पुरुषलाई हातखुट्टा बाँधेर लडिरहेको अवस्थामा स्थानीयले देखे । गोदावरीदेखि करिब ६ किलोमिटरमाथी…