अन्नपुर्णको खयर लेकमा चट्याङ लागेर ६१ भेडा,बाख्रा मरे

बेनी ,शनिबार साउन ३२ गते ।
खयरलेकमा चट्याङका कारण ६१ भेडा ,बाख्रा मरेका छन् । शुक्रबार राति करिब साढे ११ बजेको समयमा परेको चट्याङका कारण म्याग्दीको अन्नपुर्ण गाउँपालिका ५ पाउद्धार, खयर लेक स्थित भेडी गोठमा रहेका भेडा ,सार र बाख्रा गरी ६१ वटा मरेको भेडा पालक कृषक तथा कालिगण्डकी करिडोर भेडा बाख्रा पालन मुल समितिका अध्यक्ष राजेश तिलिजाले जानकारी दिनुभयो ।

खयर लेक स्थित स्थानीय किसानले संचालन गरेको भेडी गोठमा रहेका भेडा । तस्विर सौजन्य : राजेश तिलिजा


वडा सदस्य समेत रहनुभएका तिलिजाका अनुसार गयराती परेको चट्याङका कारण आफ्नो २६ वटा र स्थानीय भेडा पालक मिन बहादुर गुरुङ, दिल प्रसाद शेरपुञ्जा, लालबिर तिलिजा, तिकजित तिलिजा, याम बहादुर पाइजा , र कमल तिलिजाको ३५ वटा गरी ६१ वटा भेडा ,बाख्रा र भेडाको सार मरेका छन् ।

खयर लेक स्थित स्थानीय किसानले संचालन गरेको भेडी गोठमा रहेका भेडा । तस्विर सौजन्य : राजेश तिलिजा


६१ वटा भेडा ,बाख्रा मर्दा ८ लाख ७ हजार एक सय रुपैयाँ बढीको क्षती भएको तिलिजाले जानकारी दिएको छ। भेडा मर्दा किसान चिन्तित बनेका छन् । सम्बन्धित निकायबाट केही सहयोग पाउने आशामा किसानहरु रहेका छन् ।


तिलिजाका अनुसार किसानले व्यक्तीगत लगानीमा भेडा बाख्रा पालन गरेका हुन् । सबै किसानको गरी खयरलेकमा रहेको गोठमा १ हजार बढी भेडा बाख्रा रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार