अमर माविमा छात्रवृत्ति वितरण अमर मावि चिमखोला

चिमखोला, सोमबार भदौ २ गते । रघुगंगा गाउँपालिका– ७ स्थित अमर माविमा आइतबार संगिता राम्जाली स्मृति कोषबाट विद्यार्थीहरुलाई छात्रवृति वितरण गरिएको छ ।

भूपु शिक्षक एवम् हाल बेनपा–८ निवासी लोक गायिका धनकुमारी थापाले २०७५ भदौ १ गतेका दिन आफ्नी स्वर्गीय छोरी संगिता बानिया राम्जालीको पुण्य स्मृतिमा जन्मगाउँको विद्यालयमा तीन लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको थियो ।

फाइल तस्विर

कोषको ब्याजबाट प्रत्येक वर्ष विद्यार्थीहरुको पढाईलाई सुधार गर्ने उद्देश्यले विद्यालय भरि, १–५, ६–८ र मावि तहमा जनजाती र दलित समुदायबाट सर्वोकृष्ट हुने सात र एक जना असाहय विद्यार्थीलाई दुई÷दुई हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरिएको हो ।

प्राथमिक तहमा जनजातीतर्फ प्रथम हुने कक्षा ६ की छात्रा मिरुना गर्बुजा, दलित तर्फ प्रथम कक्षा ६ की छात्रा मनिका बाग्दास, आधारभूत तहमा प्रथम हुने जानकि पाईजा, दलित तर्फ प्रथम हुने पिंकी नेपाली, माविमा प्रथम हुने कक्षा १० का निशल पुन र दलित तर्फ प्रथम हुने छात्र धनकुमार सुनार, विद्यालय सर्वोकृष्ट हुने कक्षा ६ की मिरुना गर्बुजा तथा असाहय तर्फ कक्षा ३ का साहना बुढालाई जनही दुई हजार रुपैयाँका दरले छात्रवृत्ति वितरण गरिएको थियो ।

त्यस्तै मावि तथा निमावी तहमा अध्ययनरत अन्य छ जना विद्यार्थीहरुलाई उनिहरुको हाँजिरी उपस्थिती, अनुशासन, घरायसी स्थितिको आधारमा जनही नगद एक हजार रुपैयाँका दरले वितरण गरिएको थियो । प्राथमिक तहका विभिन्न स्तरका छ जना विद्यार्थीहरुलाई स्टेशनरी वितरण गरिएको थियो ।

निमावी तहमा अध्ययनरत विद्यार्थीहरुबाट पेशा, ब्यवसाय तथा प्रबिधि शिक्षा विषयको प्रयोगात्मक क्रियाकलापमा चकटी तथा डोको निर्माणमा प्रथम, दितृीय तथा तितृय स्थान प्राप्त गर्ने विद्यार्थीहरुलार्य पनि नगद पुरस्कार प्रदान गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुबाट विभिन्न नृत्य तथा नाटक प्रर्दशन गरिएको थियो । लेखा सहायक कर्मचारी निशा पुन गर्बुजाले स्वर्गीय संगिता बानिया राम्जालीको जिवनी पढेर सुनाउनुभएको थियो ।

कार्यक्रममा अतिरिक्त क्रियाकलाप अन्तरगत बास्केटबलमा प्रथम स्थान हाँसिल गर्ने निलो हाउसका विद्यार्थी सज्जन थापाको समूह र दितृीय हुने निलो हाउसका विद्यार्थी आभास पुन तथा हाँजिरी जवाफ प्रतियोगितामा प्रथम हुने रेड हाउसका विद्यार्थी निश्चल पुन र दितृय हुने हरियो समूहका सनम नेपालीको समूहलार्य पुरस्कार स्वरुप स्टेशनरी वितरण गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पृथबहादुर थापाले विद्यालयका समग्र पक्षहरुको बस्तु स्थितिबारे जानकारी गराउनुभएको थियो । कार्यक्रमका प्रमुख अतिथ एवम् रघुगंगा गाउँपालिका ७ का वडा अध्यक्ष देउप्रसाद पुन, तथा वडा सदस्य लक्ष्मण पुनले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

अभिभावकहरुको उल्लेख्य उपस्थितिमा भएको कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर बुढाको अध्यक्षता, शिक्षक कबहादुर थापाको स्वागत र शिक्षकहरु उषादेवी शर्मा तथा पोमाया पुनले सञ्चालन गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार