आफुलाई पुरस्कार नदिन महावीरको आग्रह

काठमाण्डौ ,आइतबार भदौ १ गते । विज्ञान तथा प्रविधि एवं सामाजिक अभियन्ता महावीर पुनले अब आफूलाई कुनै पनि पुरस्कार नदिन आग्रह गर्नुभएको छ । राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक समेत रहनुभएका पुनले चौथो आइसीटी अवार्डको पायनियर विधाको अवार्ड लिँदै उहाँले अब आफूलाई कुनै पुरस्कार र सम्मान नदिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थालाई आग्रह गर्नुभएको हो ।

फाइल तस्विर

‘मैले यस्ता थुप्रै पुरस्कार पाइसकेँ, अब मलाई पुरस्कार र सम्मानको भारी नदिनुहोला, पुरस्कारले थिच्यो भने कुद्न सकिन्न’, उहाँले भन्नुभयो,‘अब मलाई पुरस्कारको लागि नोमिनेशन गर्ने, र आमन्त्रण गर्ने नगर्नुहोला ।’ म्याग्दीमा जन्मनुभएका पुन एसियाको नोबेल पुरस्कार मानिने म्याग्सेसे पुरस्कार विजेता समेत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार