ट्रक दुर्घटनामा परि कामीको ज्यान गयो

म्याग्दी,शनिबार भदौ ७ गते ।
जिल्लाको अन्नपूर्ण गाउँपालिका–६मा निर्माणाधिन १४ मेघावाट क्षमताको घारखोला जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको दुर्घटनमा परी ज्यान गएको छ ।

निर्माणधिण आयोजनाको माटो बोक्ने बा २ क १६३० नम्वरको ट्रक शुक्रबार दुर्घटना हुँदा रुकुम घर भई हाल आयोजनामा कार्यरत ४१ बर्षिय टेकमान कामिको ज्यान गएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

मृतक कामिको शव पोष्टमार्टमका लागि बेनी अस्पताल ल्याइएको छ । आफन्त आएपछि मृतक कामीको शव बुझाइने प्रहरीले जनाएको छ ।अमिलाकाफल स्थित आउटलेटबाट मजदुर लिएर सुरुङ पस्ने क्रममा अनियन्त्रीत भई ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक महेनद्रप्रसाद मरासिनीले जानकारी दिनुभयो । मृतक कामी संगै ट्रकमा सवार अन्य मजदुर भने हाम फालेर भागेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार