तेस्रो कालिपुल युनाईटेट कप असोज ७ बाट हुने

बेनी ,शनिबार साउन १८ गते । कालिपुल युवा क्लवद्धारा असोज ७ गतेबाट तेस्रो कालिपुल कप ९ प्रतियोगिता हुने भएको छ । जिल्लाको खेलकुदको बिकास गर्दै क्लवले असोज ७ देखि ११ गते सम्म फुटबल प्रतियोगिता गर्ने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ । जिल्लामा ठुलो धन राशिको प्रतियोगिता गर्ने लागेको क्लवका अध्यक्ष बिकास पुनले बताए ।

प्रतियोगितको प्रथम पुरस्कार १ लाख ३५ हजार ५ सय ५५,दिप्तिय ७५ हजार ५ सय ५५, सेमिफाईनलबाट बाहिरिने टिमलाई १५,१५ हजार,बेष्ट ईस्टाईगर,५ हजार ५ सय ५५,धेरै गोल गर्नेलाई र,५ हजार ५ सय ५५,बेष्ट डिफेन्डर ,५ हजार ५ सय ५५,वेष्ट किपरलाई र,५ हजार ५ सय ५५, पुरस्कार रहेको अध्यक्ष पुनले बताए ।

बिभिन्न पत्रकार सम्मेलनमा खेलाडी आमा समूह जनप्रतिनिधि टोल सुधार समितिका प्रतिनिधि लगायतको उपस्थिति थियो । कालिपुल युवा क्लवले खेलकुदसंगै बिभिन्न सामाजिक कार्यमा समेत सक्रिय रहेको छ । सदरमुकाम बेनीमा भएका युवा क्लवहरुले प्रत्येक वर्ष फरक फरक क्लवको आयोजनामा खेदकुद प्रतियोगिता हुदै आएको र यस वर्ष कालिपुल युवा क्लको पालो रहेको अध्यक्ष पुनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार